मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता

Kanchan24 312+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

कञ्चनरूप । कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको शान्त तलाउ बिहीबार दिउँसो अचानक एक दुःखद घटनाको साक्षी बन्यो। जीविकोपार्जनका लागि घोघी टिप्न पुगेकी एक महिला पानीमा डुबेर बेपत्ता भएपछि स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीमा जुटेको छ।

बेपत्ता हुने महिला कञ्चनरुप नगरपालिका–५ निवासी सूर्तीदेवी सरदार रहेको स्थानीयले बताएका छन्। सप्तकोशी नगरपालिका–८ स्थित आरक्षभित्रको तलाउमा गाउँका करिब १० जना महिलासँगै उनी घोघी टिप्न गएकी थिइन्। स्थानीय बासिन्दा बसन्त सरदारका अनुसार घोघी टिप्ने क्रममा अचानक गहिरो पानीमा पुगेपछि सूर्तीदेवी डुबेर बेपत्ता भएकी हुन्।

घटनास्थलमा उपस्थित महिलाहरूको चिच्याहटपछि स्थानीयवासी तत्काल उद्धारमा जुटेका थिए। सोही क्रममा सुकमैनी देवी सरदारलाई बेहोस अवस्थामा उद्धार गरिएको छ। उनलाई उपचारका लागि तत्काल अस्पताल पठाइएको स्थानीयले जनाएका छन्।

यो घटना आज दिउँसो करिब १स्३० बजेतिर भएको हो। खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट प्रहरी नायब निरीक्षक प्रमानन्द ठाकुर को कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेको थियो। त्यसैगरी सशस्त्र प्रहरी बल बेस फत्तेपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजेश बुढाथोकी को नेतृत्वमा ७ जनाको टोली परिचालन गरिएको छ।

खोजी कार्यलाई थप प्रभावकारी बनाउन कोशी टप्पु क्षेत्रबाट नेपाली सेनाका २ जना जवान समेत परिचालन गरिएको छ। गोताखोर टोलीसहित सुरक्षा निकायले तलाउ र आसपासको क्षेत्रमा खोजीलाई तीव्र बनाएको जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी फत्तेपुरबाट करिब ११ किलोमिटर दक्षिण–पूर्वमा पर्दछ। साँझसम्म पनि सूर्तीदेवीको अवस्था अज्ञात रहेको र खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कोशी टप्पु आरक्षभित्रका यस्ता तलाउहरू स्थानीय गरिब समुदायका लागि जीविकोपार्जनको आधार बनेका छन्। घोघी, माछा तथा अन्य जलजन्य वस्तु टिपेर दैनिक गुजारा चलाउने स्थानीयहरू जोखिम मोलेर पानीमा पस्न बाध्य हुने गरेका छन्। यस घटनाले फेरि एकपटक जीवनयापनको संघर्ष र जोखिमबीचको कटु यथार्थ उजागर गरेको छ।

यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार