मुख्य समाचार
प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग |

हावाहुरीले रुख ढालेर किच्दा स्कुटरमा सवार एकजनाको मृत्यु

Kanchan24 1+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

सुनसरी । शनिबार विहान आएको हावाहुरीका कारण सुनसरीको बराहक्षेत्रमा १ जनाको ज्यान गएको छ । कान्छीचौक चतरा सडकखण्डको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ मा पर्ने पटनरीको जंगलमा हावाहुरीले रुख ढालेर किच्दा स्कुटरमा सवार १ जनाको ज्यान गएको हो ।

झुम्काबाट चतरातर्फ जाँदै गरेको को २ प ५५०२ नम्बरको स्कुटरको पछाडी सवार रामुधनी ३ बस्ने मनोहरलाल चौधरीको रुखको हाँगाले लागेर ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । 

विहान १० बजेतिर स्कुटरमा जाँदै गर्दा आएको हावाहुरीले रुख ढाल्दा रुखको हाँगाले स्कुटरको पछाडी सवारी चौधरीलाई लागेर ज्यान गएको हो । स्कुटर चालक सूरज चौधरीको अवस्था सामान्य रहेको छ ।

शनिबार विहान कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा हावाहुरीसँगै वर्षा भएको थियो ।  हावाहुरीबाट अन्यत्रबाट भने कुनै क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ ।

मृतक चौधरी रामधुनी झुम्कामा म्याजिक सिनेमा हल सञ्चालन गर्दै आएका चलचिकर्मी पर्शुराम चौधरीका पीता हुन् ।  झुम्का हुँदै चतरा उदयपुर जाने क्रममा दुर्घटना भएको आफन्तजनले बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार