मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना

Kanchan24 312+ समाचार ( )
१ वैशाख २०८३, मङ्गलबार

कञ्चनरूप । सप्तरीको रूपनगर स्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना गरिएको छ।

उच्च अदालतको न्यायाधीशबाट अवकाश प्राप्त प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालका नाममा सो छात्रवृत्ति स्थापना गर्नु भएको हो। एकराज ढकाल स्मृति छात्रवृत्ति नाम राखिएको सो छात्रवृत्ति  रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहेन्ददार केही विद्यार्थीलाई वर्षेनी प्रदान गरिने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो।

छात्रवृत्ति सञ्चालन सम्बन्धमा क्याम्पस र दाता ढकालबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरियो। सो अवसरमा बोल्दै शिक्षा प्रेमी ढकालले भन्नुभयो, आफ्नो जन्मस्थानमा शिक्षाको क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ छात्रवृत्ति शुरू गरेको हुँ। आगामी दिनमा यसलाई अझ विस्तार गर्ने सोचाइ छ, हेरौँ के कति गर्न सकिन्छ।

छात्रवृत्ति सञ्चालन सम्बन्धी सम्झौताका अनुसार कम्तिमा पाँच वर्षसम्म यो छात्रवृत्ति उपलब्ध हुनेछ। क्याम्पसले उपयुक्त मापदण्ड बनाएर छात्रवृत्तिका लागि विद्यार्थीहरूको छनौट गर्ने र दुबै पक्षका लागि अनुकूल समयमा सो छात्रवृत्ति वितरण गरिने जानकारी क्याम्पसले दिएको छ।

स्रोत स् रूपनगर क्याम्पस फिचर सेवा।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार