नवराज पोखरेल
हरेक दिन कामको खोजीमा तथा अध्ययनको कममा हजारौको संख्यामा नेपालीहरु आफ्नो पूज्यनीय आमाबुवा, प्राणप्रिय श्रीमती तथा बालबालिकाहरुलाई गाउँघरमा छाडी शहर तथा विदेश पलायन भइरहेका छन । यसै गरी बाबुआमालाई गाउँघरमा छाडी स्वतन्त्र जीवनयापन गर्न चाहने व्यक्तिहरु समेत शहर तथा विदेश पलायन हुने क्रम बढदो छ । उल्लेखित दुई कारण मध्ये कुनै एक कारणले शहर तथा विदेश पलायनहुने कम जारी छ । उनीहरु शहर तथा विदेशमा स्थायीवासिन्दाको रुपमा वस्ने क्रम बढ्दो छ जसले गर्दा गाउँमा बुढाबुढीको संख्या बढदो छ भने जग्गाजमिन वांँझो उजाड बन्दै गएको छ । काम गर्ने श्रमिकको कमीको कारण उत्पादन घट्दो छ । यही क्रम जारी रहने हो भने गाउँ घर पूर्ण रुपमा खाली हुने संभावना बढ्दो छ । यसै कारण गाउँ घरको जग्गाको मूल्य कवाडीको भाउमा जाने अवस्थामा सृजन भएको छ भने शहरको जग्गाको मूल्यं आकासिएको छ । यस्तो असमान परिस्थितिलाई चिर्दै शहरमा बस्ने नागरिकहरुलाई गाउँमा बस्ने वातावरण श्रृजना गर्नु पर्दछ । जग्गाधनीले सके सम्म आफैले लगानी तथा श्रम गरी आफ्नो जग्गामा कृषीजन्य सामाग्रीउत्पादन गर्ने, नसकेमा स्थानिय सरकारको रोहवरमा लगानी तथा श्रम गर्न चाहने नेपालीहरुलाई जग्गा लिज्मा उपलब्ध गराउने यसरी नेपालीहरुलाई आफ्नो गांउघरमा स्वरोजगार गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । यसरी नेपालीहरुले आफ्नो रगत पसिना आफ्नो गाउँघरमा बगाउनु पर्दछ । त्यसका लागि आर्गंनिकमा कृषिजन्य सामाग्री तथा जडीबुटी उत्पादन गरी विदेश निर्यात गरी आफ्नै गाउँ घरमावसी विदेशी मुद्रां आर्जन गर्न सक्ने छौ । स्थानिय जातको गाईमा आाधारित प्राकृतिक खेति, प्राकृतिक भवन तथा प्राकृतिक चिकित्सा अपनाउने हो भने नेपाल विश्वको एक मात्र प्राकृतिक देश बन्ने छ, जसले गर्दा नेपाल पर्यटकहरुको निमित विशेष आर्कषण देश बन्ने छ । क्षेत्रफलको हिसावले काठमान्डौ उपत्यका बराबरको सिंगापुर देशले पर्यटन व्यवसायबाट विकसित राष्ट्रको दाँजीमा पुगेको छ । विश्वको सर्वाधिक जनसंख्या भएको दुई देशको बीचमा अवस्थीत नेपाललाई सगरमाथाको देश, गौतम बुद्धको देश, तथा जानकी मन्दिरको देश नेपाललाई पनि सहजरुपमा विकसित राष्ट्रको दाँजोमा पुरÞ्याउन सकिन्छ ।
हामी हरेकदिन रासायनिक मल तया विषादिबाट हुने कुप्रभावको शिकार भईरहेका छौ । यसै गरी हामीले तरकारीको पात, डॉठ, पराल खुवाई हुर्काएको पशुपंक्षिको दूध, मासु (अण्डा) फूलमा समेत मन्दविषको अवशेष छ । यसैगरी हामीले बसोवास गर्ने इटाको पक्का भवन, एसी तथा प्रिजले हाम्रो स्वास्थ्यमा कुप्रभाव पारीरहेको छ । हामीले बसोबास गर्ने भवन प्राकृतिक (वैदिक) भवन हुनुपर्दछ । यसको लागी स्थानिय जातको गाईको गोबर, माटो तथां चूनको समिश्रणबाट कांचो ईटाको उपयोग गरी भवन बनाउने । यसरी बनाएको घरमा एसीको आवश्कता पर्दैन । उक्त वैदिकं भवन भारतको राजस्थानं तथा गुजरात जस्ता बढी गर्मी हुने प्रान्तहरुमा हेर्न पाईन्छ । फ्रिजमा राखिएको बासी खाद्यान्य, तरकारी तथा फलफूलको उपभोगबाट हाम्रो स्वस्थ्यमा कुप्रभाव पार्दछ । तसर्थ जति सक्दो ताजा खाद्यान्न खानु स्वास्थ्यकालागी उपयुक्त छ । जुन शहर तथा विदेशमा बस्ने मानिसहरुले पाउने संभावना ज्यातै कम छ । तसर्थ गाउँले जीवन अपनाउन आवश्क छ , जहां स्वास्थ्यकर खाद्यान्न, तरकारी तथा फलफूलको उपभोग गर्ने अवसर पाईन्छ ।
प्रदूषित शहरमा स्तरीय उपचार हुन्छ भन्ने भ्रामकतर्क छ । यथार्थ के हो भने गाउँमा बसेर प्राकृतिक जीवन शैली तथा योग प्रमाणयम अपनाउने हो भने रोग लागने संभावना कम छ । एलोपेथिक उपचार, होमोपेथिक उपचार तथा आयुर्वेदिक उपचारमा खर्च बढी लाग्छ भन्ने त्यसले हाम्रो शरीरमा साईड ईफेक्ट गर्दछ । यसैगरी न्युन शुल्कमा प्राकृतिक उपचार पद्धतिमा औषधीको प्रयोग नै नगरी खानपान, प्राकृक्तिक जीवन शैली तथा योगको प्रयोग गरी रोग निको पारिन्छ । तसर्थ यसले कुनै साइड इफेक्ट गर्दैन् । तसर्थ यो उपाचार पद्धति हाम्रो लागी प्रभावकारी तथां अन्तिम विकल्पको रुपमा रहेको छ । यस उपचार पद्धति प्रतिभने जनविश्वास कम छ । यो उपचार पद्धती हाम्रो जस्तो गरिब मुलुककालागी बरदान हो । उदाहरणको लागि मेरो दाजुले प्रतिमहिना दशहजारको औषधि सेवनगर्नु हुन्छ भने म चार हजार पाचे सयको औषधी सेवन गर्ने गर्दछु , जसले हाम्रो शारिरीक तथा आर्थिक क्षेत्रमा क्षति पु¥याइरहेको छ । तसर्थ यो प्राकृतिक उपचार पद्धति अपनाउने सामुदायिक प्राकृतिक उपचार केन्द्रहरु तिनै तहको सरकारको प्रत्यक्ष सहयोगमा सबै जिल्लाहरुमा संचालन गर्नुआवश्क देखि छ जसले हाम्रो स्वास्थ्य, वाताराण तथा नार्थिक क्षेत्रमाप्रत्यक्ष सकारात्मक असर पुरÞ्याउनेछ ।
गाउँले जीवन स्वास्थ्यका दृष्टिकोणले मात्रा आकर्षक नभई आर्थिक दृष्टिकोणले समेत आकर्षक बन्दै गएको छ । रसायनिक खेति तथा प्राङ्गारिक खेती आर्थिक तथा बातावरणीय दृष्टिकोणले हानिकारक भएको हुदा जापानी वैज्ञानिक मासा नोन्चु फुकोकाद्वारा १९७५मा प्रतिपादन गरिएको प्राकृतिक खेति प्रणालीलाई भारतका पदमश्री सुभाष पालेकरद्वारा शून्यलाग प्राकृतिmक खेतिको नाउमाप्रचार प्रसार भईरहको छ । उनी द्वारा प्रतिपादन गरिएको मल्टीलेयर फामिङ्ग मेथड पनाई २–३ वर्षमा कम्तिमा ५ गुणा उत्पादन बढाउन सक्नेछौं । जसका कारण आकर्षक तलब खाइरहेका भारतीहरु शहर तथा विदेश छाडी गांउमा आई खेती गर्न थालेका हजारौ उदारणहरु छन् । तसर्थ अव नेपालीहरुले पनियथार्थ बुझि गाउंमा आई कृषि पेशा तथा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ, जहॉलगानी डुबने सम्भावना ज्यादै कम छ । शहर तथा विदेशमा रहेर नाकरी गरिरहेका नेपालीहरुले आम्दानी राम्रै भएता पनि आत्म सन्तुष्टि भने पाएका छैन्न् । उदाहरणका लागी मेरो काका जो डाईरेक्टर भई शहरी जीवन बिताईरहनु भएको छ उहाँलाई गाउँमा वस्ने हैन भनि प्रश्न गर्दा तेरी काकीले मान्दिन मत गाउँमा बस्न चाहन्छु जहां स्वर्गीय आन्नद पाईन्छ भन्नु हुन्छ ।
वनक्षेत्रवाट नजिक रहेका जग्गाहरूमा कागती खेति अदुवा, बेसार खेति गर्न सकिन्छ भने सो भन्दा तल्लो जग्गामा कोदो, तिते–फापर, मिठे–फापर, जुनेलो आदि अन्न बालीहरु लगाउन सकिन्छ । यसैगरी तराई क्षेत्रमा कोदो, बाजरा, ज्वार जस्ता अन्नहरु, उत्पादन गर्न सकिन्छ, जसलाई अंग्रेजीमा मिलेट भनिन्छ । मिलेट भन्नहरु धान, गहुँको तुलनामा उच्च गुणस्तरको हुन्छ भने उत्पादन लागत (मल, जल) कम लाग्छ । नेपालको अधिकाश जग्गाजमिनहरु असिंचित छन् तसर्थ उक्त जग्गामा मिलेट वालीहरू ंगाउनु उपयुक्त छ, जसको स्वदेश तथा विदेशमा मांग बडिरहेको छ । यसै गरी विक्रि मुल्यु धान गहुँको तुलनामा कम्तिमा दोबर बढिछ । प्राकृतिक चिकिसकका अनुसार मिलेट खानाको उपगोगले सुगर प्रेसर कोल्डस्टोरेज जस्ता अनेकौं रोगको नियन्त्रको निमित औषधिको काम गर्दछ । सिंचित जग्गामा भने धान, गहुँ हैन दाना वाली, तरकारी वाली, घाँसवाली, तेलबाली, उखु बाली जस्ता बालीहरु लगाउनु उपयक्त हुन्छ ।
स्वास्थ्य, वातावरण तथा पर्यटन व्यवसायमा आधात पार्ने सिमेन्ट उद्योग रबर उद्योग जस्ता प्रदूाण उत्पन गर्ने खालका उद्योग संचालन नगरी कृषिजन्य तथा जडिबुटीजन्य उद्योगहरलाई प्रवद्र्धत गर्नु पर्दछ । बन जंगल मासेर चौडा बाटो तथा विमानस्थल बनाउन उपयुक्त छैन् । पर्यटकहरू यहाँको चौडा बाटो तथा विमानस्थल हेर्न आएका नभइ यहाँको प्राकृतिक वातावरणमा रमाउन तथा स्वादिष्ट कर अर्गानिक खाना खान चाहन्छन । खाली रहेको ठाउँमा तथा जंगली क्षेत्रमा फलफूल खेति तथा जडिवुटी खेती लगाउनु पर्दछ । प्रत्येक वर्ष वाढी पहिरोको कारण अरबौंको मानवीय तथा भौतिक क्षति भइरहेको छ । यसको प्रमुख कारण खोलानालाको उत्खन्न्, रुखहरूको विनाश तया प्राविधिक दृष्टिकोणले अनुपयुक्त ठाउँमा समेत डोजर चलाई बोटा निर्माण गर्नु हो, जसका कारण पहाडमा पानीको मुहानहरु सुकिरहेको छ भने लोडसेडिङ बढी रहेको छ । यसर्थ बन जगंल तथा बन्यजन्तुको कडाइका साथ संरक्षण सम्बर्धन गर्नु पर्दछ, जसले गर्दा प्रदूषणमा कमी आउँछ भने पर्यटन व्यवसाय पनि फस्टाउने छ । विकसित राष्ट्रका धनी नागरिकहरू प्राकृतिक वातावरणले युक्त गाउँले जीवनयापन गर्न रुचाउंछन् भने हाम्रो जस्तो अल्पविकसित राष्ट्रका धनी नागरिकहरू गाँउघरको प्राकृतिक जीवन शैली न अपनाई धेरै जसो शहरी जीवन शैली पनाउन चाहन्छन, जहांको प्राकृतिक वातावरण प्रदूषित हुन्छ । यो चिन्ताको विषयहो । यसलाई रोक्न राज्यको तीनैतहका सरकारहरूले ठोस नीतिनिर्माण गर्न ढिलो गर्नुहुदैन । नेपालमाा यूवाहरूले गर्न सक्ने थुप्रै विकल्पहरू छन । अरू देशमा बगाउने पसिना तथा श्रम आफ्नै देशमा लगाँउ वास्तविकता मनन् गरौं र तत्कालै गाउँ फर्केर केहि गरौं । गरे अवश्य प्रतीफल मिल्छ । अस्तु :