मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

सस्तो विदेश भ्रमणको प्रलोभन, करोडौं असुली ः सप्तरीका युवकसहित सात जना पक्राउ

Kanchan24 316+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

राजविराज / काठमाडौं । विदेश भ्रमणको लोभ देखाएर सर्वसाधारणलाई ‘ट्राभल लोटरी’ परेको भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा सप्तरीका एक युवकसहित सात जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमै उनीहरूले ३२८ जनाबाट करिब रु २ करोड ७२ लाख ६५ हजार ५७४ ठगी गरेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार गिरोहले काठमाडौं महानगरपालिका–१० थापागाउँ, लाखेचौर मार्गमा ‘सिर्तेल होलिडेज प्रा।लि।’ नामक ट्राभल एजेन्सी सञ्चालन गर्दै आएको थियो। सोही एजेन्सीमार्फत सर्वसाधारणलाई युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा अत्यन्त सस्तो दरमा भ्रमण गराइदिने प्रलोभन देखाइन्थ्यो।

प्रहरीका अनुसार विभिन्न मोबाइल नम्बरबाट फोन गरी ‘तपाईंलाई ट्राभल लोटरी परेको छ’ भन्दै पीडितलाई झुक्याइन्थ्यो। त्यसपछि न्यून शुल्कमै विदेश भ्रमण गराइदिने विश्वास दिलाएर रकम असुल्ने, तर न भ्रमण गराउने न त रकम फिर्ता गर्ने गरेको उजुरीपछि प्रहरीले छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ घर भई हाल भक्तपुरको मध्यपुर थिमी–२ गठ्ठाघर बस्दै आएका २६ वर्षीय बिबेक रेग्मी रहेका छन्। उनीसँगै भारतको तेलंगाना, हैदरावादका विभिन्न स्थान घर भएका हुसेन सैयद (३९), साजिद ओमर सैयद (४४), महम्मद ईमरान (३४(, मिर खालिद हुसेन (३३), रजाक महम्मद (४०) र समादा गिरी (४२) पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट नेपाली नगद रु ७ लाख, कम्प्युटर १ थान, ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न छाप ५ थान, रिसिप्ट प्याड ३ थान तथा विभिन्न व्यक्तिको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख भएका कुपनका अर्धकट्टी ५ हजार ७५ थान बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमै गिरोहले सयौं व्यक्तिलाई योजनाबद्ध रूपमा जालमा पारेर ठूलो रकम उठाएको देखिएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार