मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले

Kanchan24 314+ समाचार ( )
२१ आषाढ २०८२, शनिबार

कञ्चनरूप । राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति एवम् प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले दशकौँ क्रान्ति गरे र पनि ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न नसकेको आरोप लगाएका छन ।
उप सभापति वाग्लेले रास्वपा सप्तरीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।  
फोहोरी दलका बिटुलिएका नेताहरूको फेरिपनि  दौराको फेर समाउँदै हिँड्नु नपरोस् भनेर अभियानमा हिँडेको उप सभापति वाग्लेले बताए ।
रास्वपाको जन्म भएपछि  देशमा कहलिएका ठूला दलका नेता तिलमिलाए , जसको कारण रवि लामिछानेलाई राज्यले प्रतिशोध  साधेर थुनामा पुर्‍याइएको बताए  । 
उप सभापति वाग्लेले जनताबाट आएको करबाट जनताले सरल तरिकाले सेवा सुविधा पाउनुपर्ने हो तर पनि क्रान्ति गरे आएका नेताहरू दिन नसकको  यही मर्मलाई बुझेर नयाँ पार्टी खोलेको बताएका छन् । 
भेलालाई सम्बोधन गर्दै उनले देशभर पार्टीको पक्षमा जनलहर बढिरहेकाले जनताको विश्वास कायम राख्ने गरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे।  
रास्वपाका प्रवक्ता एवम् सांसद मनिष झाले रामराजा प्रसाद सिंह र गजेन्द्रनारायण सिंहलाई सम्झदै भने दिग्गज हस्तीहरूको जिल्ला जहा आज भ्रम छरेर राजनीतिको खेती किन भैरहेको छ रु
देशै सबैभन्दा बढि सहिद भएको जिल्ला हो सहिद परिवारको जीवन स्तर उकास्नको साटो भैंसी उपहार दिएर कसरी ठगी रहेको छ बुझन जरूरी रहेको बताए । 
सांसद झाले भने सबै भन्दा बढि यही जिल्लबाट पढे र वकिल र वकालत गर्ने व्यक्ति छन तर यतिका जनताले उचित न्याय पाउन सकेका छैन किन यही ठाउँमा आज किन भ्रमको राजनीति हुदैछ । 
भेलामा केन्द्रिय सदस्य एवम् सांसद अशोक चौधरी , केन्द्रिय सदस्य  डा । विमल तिवारी , मधेस प्रदेशका सभापति एवम् केन्द्रिय सदस्य तपेश्वर यादव , केन्द्रिय सदस्य डा । नन्दन यादव लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए भने रास्वपा जिल्ला संयोजक अरुण कुमार देवको अध्यक्षतामा  कार्यक्रममा सम्पन्न भएको थियो ।  
  
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार