मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

दोषिलाई हालसम्म कुनै कारवाही नभएको भन्दै वडासचिवहरु आन्दोलित
सुन्दरहरैंचाका वडासचिवहरु आन्दोलित, सेवा प्रवाह ठप्प

Kanchan24 1+ समाचार ( )
मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडा सचिवमाथि दुव्र्यवहार गर्नेलाई कारवाही नभएको भन्दा वडासचिवहरु आन्दोलित भएका छन् । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडासचिव डिकबहादुर भण्डारीमाथि सेवाग्राही भएर आएका व्यक्तिले हातपात गरेको घटनाका दोषिलाई हालसम्म कुनै कारवाही नभएको भन्दै वडासचिवहरु आन्दोलित भएका हुन् । सुन्दरहरैंचाका वडासचिवहरु लगायतका कर्मचारीहरुले आज हस्ताक्षरसहित संयुक्त विज्ञप्ती जारी गर्दै दोषिलाई कारवाही नगरेपछि वडाका कर्मचारीले असुरक्षित महसुस गरेकाले काम गर्ने सहज वातावरण तयार नभएसम्म र पीडित कर्मचारीले न्याय नपाएसम्म चरणवद्ध आन्दोलन घोषणा गरेको जनाएका छन् ।
३० जेठ २०८०, मङ्गलबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडा सचिवमाथि दुव्र्यवहार गर्नेलाई कारवाही नभएको भन्दा वडासचिवहरु आन्दोलित भएका छन् । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडासचिव डिकबहादुर भण्डारीमाथि सेवाग्राही भएर आएका व्यक्तिले हातपात गरेको घटनाका दोषिलाई हालसम्म कुनै कारवाही नभएको भन्दै वडासचिवहरु आन्दोलित भएका हुन् । सुन्दरहरैंचाका वडासचिवहरु लगायतका कर्मचारीहरुले आज हस्ताक्षरसहित संयुक्त विज्ञप्ती जारी गर्दै दोषिलाई कारवाही नगरेपछि  वडाका कर्मचारीले असुरक्षित महसुस गरेकाले काम गर्ने सहज वातावरण तयार नभएसम्म र पीडित कर्मचारीले न्याय नपाएसम्म चरणवद्ध आन्दोलन घोषणा गरेको जनाएका छन् ।

आजदेखि सुरु भएको आन्दोलन अन्तरगत वडासचिवहरुले आज वडा कार्यालयमा वडासचिवबाट प्रवाह हुने सेवा ठप्प पारेका छन् भने निकाश ननिस्किए भोलि पनि सेवा ठप्प पार्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै असार १ गते वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु नगरपालिकामा फिर्ता हुने तथा असार २ गतेदेखि नगरपालिका र नगरपालिका अन्तरगतका वडा कार्यालय र स्वास्थ्य संस्थाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।  

 सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडासचिव डिकबहादुर भण्डारीमाथि आइतबार सेवाग्राही भएर आएका सुन्दरहरैंचा ९ बस्ने भिषण थापाले वडाध्यक्षको कार्यकक्षमै वडाध्यक्षकै सामुन्ने हातपात गरि दुव्र्यवहार गरेका थिए । सोही घटनामा संलग्नलाई कारवाहीको माग गरेका कर्मचारीको माग पुरा नभएपछि उनीहरु आन्दोलित भएका हुन् । अविवाहित प्रमाणित गर्न आएका स्थानीय भिषण थापालाई वडाध्यक्षले यो काम वडा सविचले गर्ने हो भनेर भनिदिएपछि उनीहरुले वडासचिवमाथि दूव्र्यवहार गरेको पाइएको छ । पछि अविवाहित प्रमाणित गर्ने काम वडासचिवको नभइ वडाध्यक्षकै भएको बुझेपछि सचिवमाथि दूव्र्यवहार गर्ने थापाले वडासचिवसँग माफि समेत मागेका थिए ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार