मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

Kanchan24 316+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

राजविराज, । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, सञ्चारकर्मी तथा नियामक निकाय सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ सप्तरीको संयोजनमा आयोजित ‘निर्वाचन आचारसंहिता र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन्।

कार्यक्रमका सहभागीहरूले निर्वाचन अवधिमा मिडियाको भूमिका अत्यन्त संवेदनशील हुने उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा सत्य–तथ्य, सन्तुलन र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने बताए। साना गल्तीले पनि ठूलो प्रभाव पार्न सक्ने भएकाले पत्रकारहरू अझ जिम्मेवार र सजग हुनुपर्ने धारणा व्यक्त गरिएको थियो।

अन्तरक्रियामा निर्वाचन आचारसंहिताका प्रावधान, सामाजिक सञ्जालको प्रयोग, भ्रामक सूचना नियन्त्रण तथा उम्मेदवारबीच सन्तुलित समाचार सम्प्रेषणका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले अफवाह र अपुष्ट सूचनाबाट बच्न फ्याक्ट–चेकलाई प्राथमिकता दिन सुझाव दिएका थिए।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा उठेका सुझावहरू आगामी निर्वाचन अवधिमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार