मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

लेटाङ कमलपुर बेलडाँगी पैनी स्तरोन्नती हुँदै, करिव साढे ६ करोडको काम हुने

Kanchan24 1+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

लेटाङ । लेटाङ ३ स्थित लेटाङ कमलपुर बेलडाँगी सिंचाइ पैनीको स्तरोन्नती  हुने भएको छ । प्रदेश सरकारमार्फत बजेट  व्यवस्थापन भएपछि ६ करोड ४७ लाखको लागतमा लेटाङ कमलपुर बेलडाँगी पैनीलाई पक्की ढलान गरि स्तरोन्नती गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सोही योजना सञ्चालनका विषयमा उपभोक्ताहरुलाई २ दिने तालिम समेत प्रदान गरिएको छ । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरले स्थानीय जनसेवा सामुदायीक वनको सभाहलमा आयोजना गरेको तालिममा सिंचाइ योजनाका ४५ जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

लेटाङ कमलपुर बेलडाँगी सिंचाइ योजनाका लागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा बजेट विनियोजन भएपछि गुणस्तरीय रुपमा काम सम्पन्न गर्नका लागि जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरले उपभोक्ताहरुका लागि अभिमुखिकरण तालिम दिएको हो । तालिममा जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख मेघनाथ ज्ञवाली, इञ्जिनियर सुमन कुमार भट्टराई, गुलाब चौधरी, सव इञ्जिनियर निरज चौधरी र शाखा अधिकृत लक्ष्मी कुमारी माझीले योजना सञ्चालन गर्दा ख्याल गर्नुपर्ने कुराहरुको विषयमा जानकारी दिनुभयो । 

तालिममा विकास निर्माणका कार्य गर्दा उपभोक्ताहरुले गुणस्तरीय निर्माण कार्य गराउनका लागि ध्यान दिनुपर्ने विषय बारे पनि जानकारी गराइयो । तालिमको उद्घाटन कार्यक्रममा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीको समेत उपस्थिति रहेको थियो भने समापन कार्यक्रममा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राई र लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठको समेत सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम संस्थाका सचिव कुमार भण्डारीले सञ्चालन गर्नु भएकोमा समापन कार्यक्रम सिंचाइ डिभिजनका सीएओ चोलिन्द्र विकले सञ्चालन गर्नु भएको थियो । 

६ करोड ४७ लाख बजेटबाट मुहानदेखि कमलपुर पुछारसम्म गरेर साढे ४ किलोमिटर क्षेत्रमा १५ महिना भित्र पैनीलाई पक्की ढलान गरिने सिंचाइ योजनाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सो योजना अन्तरगत पहिलो चरणमा ५० लाख बजेटबाट ३ सय ९१ मिटर पैनीलाई पक्की ढलान गर्ने कार्य धमाधम भइरहेको छ । यस सिंचाइ योजनाबाट ११ सय विगाहा क्षेत्रमा सिंचाई सुविधा पुग्ने बताइएको छ । यसैबीच जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख मेघनाथ ज्ञवाली नेतृत्वको टोलीले लेटाङ कमलपुर बेलडाँगी सिंचाइ योजनाको निर्माण कार्यको अवलोकन पनि गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार