मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

७ महिनादेखि तलब नपाएपछि कञ्चनरुपका शिक्षक, कर्मचारी आन्दोलित

Kanchan24 314+ समाचार ( )
५ माघ २०८२, आइतबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा विगत ७ महिनादेखि तलब नपाएपछि आक्रोशित शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न शाखाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

तलब नपाएको विरोधमा सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक–कर्मचारी, स्वास्थ्यकर्मी, वडा कार्यालय, कृषि शाखा र पशु शाखाका सम्पूर्ण कर्मचारीहरू संयुक्त रूपमा धर्नामा बसेका हुन्। आन्दोलनको कार्यक्रमअनुसार माघ ४ गते नगरपालिकाको मूल गेटमा धर्ना दिइनेछ भने माघ ६ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिने आन्दोलनकारीहरूले बताएका छन्।

शिक्षकहरूको प्रमुख माग साउन महिनादेखिको सम्पूर्ण तलबभत्ता अविलम्ब निकासा तथा अबदेखि मासिक रूपमा नियमित तलब भुक्तानीको सुनिश्चितता रहेको छ। महेन्द्र जनता माध्यमिक विद्यालय, सितापुरका प्रधानाध्यापक मो.सलिमले बारम्बार आश्वासन दिएर पनि कार्यान्वयन नगरेको प्रति गम्भीर आपत्ति जनाउँदै भने, “हामी आन्दोलन रहरले होइन, बाध्यताले गर्नुपरेको हो। परिवार पाल्न, उपचार गर्न र बालबालिकाको शिक्षा चलाउनै समस्या भएको छ।”

यसअघि पनि पटक–पटक आन्दोलन भएपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले पुस मसान्तभित्र सञ्चित कोषबाट तलब भुक्तानी गर्ने लिखित सम्झौता गरेका थिए। तर उक्त सम्झौता कार्यान्वयन नहुँदा आन्दोलनकारीहरूले यसलाई ‘आश्वासनको धोखा’ भनेका छन्।

लामो समयदेखि तलब नपाउँदा शिक्षक–कर्मचारीहरू खानपान, स्वास्थ्य उपचार र बालबालिकाको शिक्षामा गम्भीर सङ्कट मा परेको राष्ट्रिय आधारभूत विद्यालय बस्तीपुरका प्रधानाध्यापक दिनेश कुमार यादव ले बताएका छन्। उनका अनुसार आन्दोलन समितिले आफ्नो मागबारे जिल्ला प्रशासन कार्यालय सप्तरी, इलाका प्रहरी कार्यालय, नेपाल पत्रकार महासङ्घ, शिक्षक महासंघल गायत निकायहरूलाई ज्ञापनपत्र बुझाइसकेको छ।

स्थानीयहरूका अनुसार जनताको सेवामा खटिनुपर्ने जनप्रतिनिधिहरू अहिले आफ्नै पद, प्रतिष्ठा र अहङ्कार जोगाउन व्यस्त देखिएका छन्। सडकमा उत्रिन बाध्य कर्मचारीहरू राज्यका विरोधी होइनन्, राज्यकै मेरुदण्ड भएको उनीहरूको भनाइ छ। तर कञ्चनरूप नगरपालिकाको नेतृत्वले यही मेरुदण्ड माथि निरन्तर प्रहार गरिरहेको आरोप आन्दोलनकारीहरूको छ।

विशेषगरी नगर प्रमुख र उप–प्रमुखबीचको चर्कँदो शक्ति सङ्घर्ष ले नगरपालिकाको प्रशासनिक र आर्थिक प्रणाली नै पंगु बनेको स्थानीयको गुनासो छ। नेतृत्वको यही द्वन्द्वको प्रत्यक्ष मार शिक्षक, कर्मचारी र सर्वसाधारणले भोग्नुपरेको भन्दै तत्काल समस्या समाधानको माग गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार