मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

एमाले कोशी प्रदेशको अध्यक्षमा ८२ मतान्तरका साथ खतिवडा विजयी (मतपरिणामसहित)

Kanchan24 1+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुशार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो । 

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३० मत ल्याउनुभयो । यस्तै २६ मत भने बदर भएको छ । 

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।    

यसैगरि सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी हुनु भएको छ । उहाँले ५२४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धि उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गर्नुभयो ।

 यसैगरि २ जना उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी निर्वाचित हुनु भएको छ । मोरङका खेमराज नेपाली भने पराजित हुनुभयो । राईले ६१०, राजवंशीले ६२८ र नेपालीले ३९७ मत प्राप्त गर्नु भएको छ । पदाधिकारीमा निर्वाचितहरु सबै खतिवडा पक्षकै रहेका छन् । 

यसैगरि समावेशी क्षेत्र (अपांग) १ जनामा ६४६ मतका साथ सीता पौडेल, मुस्लिम खुल्ला २ जनामा ४३६ मतका साथ आविद हुसेन मियाँ र ५५४ मतका साथ नजिमा खातुन विजयी हुनुभयो । यस्तै आदिवासी खुल्ला २ जनामा ७०८ मतका साथ आनन्द कुमार लिम्बू र ४९९ मतका साथ पदमबहादुर राई विजयी हुँदा आदिवासी महिला १ जनामा ५४६ मतका साथ मौसम राई विजयी हुनुभयो ।

यस्तै जनजाति खुला सदस्य २ जनामा ३७७ मतका साथे जेवी थुलुङ र रुपादेवी कन्दङ्वा २९९ मतका साथ विजयी हुनुभयो । जनजाति महिला १ जनामा ५२९ मतका साथ मधु गुरुङ, मजदुर ३ जनामा ५२२ मतका साथ अम्बिर कुमार लिंदेन, ४४६ मतका साथ किशोर धमला र ६१४ मतका साथ भीमज्वाला राई विजयी हुनुभयो । मजदुर महिला २ जनामा ५३३ मतका साथ डोमा राई र ५६८ मतका साथ निर्मला परियार विजयी हुनुभयो । 

हल खुल्ला सदस्य ४ जनामा ४४० मतका साथ सत्यनारायण चौधरी, ४७१ मतका साथ लालप्रसाद साँवा एल. पी., ३९७ मतका साथ लक्ष्मण तिवारी र ३९९ मतका साथ कविता राई विजयी हुनुभयो । यस्तै लेखा समिति उपाध्यक्षमा ४१८ मतका साथ मदन बसेल विजयी हुनुभयो । अन्य सदस्यहरुको भने मतगणना हुँदैछ । 

  यता उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै प्रदेश कमिटी सदस्य पदमा केही जिल्लामा निर्विरोध निर्वाचित भएका छन् । 

     निर्वाचनमा जम्मा ९ सय ७७ जना प्रतिनिधिले मतदान गरेका थिए । कुल ९ सय ९७ प्रतिनिधिमध्ये २० जना अनुपस्थित भएका थिए । गएराति १० बजेदेखि सुरु भएको मतदान विहान ५ बजजेतिर मात्र सकिएको थियो भने आज साँझदेखि मतगणना सुरु भएको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार