मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

केपी ओली कपको प्रचारका लागि रास्ट्रिय युवा संघ लेटाङ र अनेरास्ववियुबीच मैत्रीपूर्ण भलिवल

Kanchan24 1+ समाचार ( )
२१ माघ २०८०, आइतबार

लेटाङ । रास्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले केपी ओली कप २०८० को प्रचार प्रसारका लागि मैत्रीपूर्ण भलिवल खेल सञ्चालन गरेको छ ।

केपी ओली कपको प्रचार प्रसारका लागि जिल्लाका १७ वटै पालिकामा खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्ने रास्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको निर्णय अनुशार लेटाङमा आज आइतबार मैत्रीपूर्ण भलिवल प्रतियोगिता सञ्चालन गरिएको हो ।

लेटाङ क्याम्पसस्थित भलिवल कोर्टमा रास्ट्रिय युवा संघ र अनेरास्ववियु बीचको मैत्रीपूर्ण भलिवल खेल खेलिएको रास्ट्रिय युवा संघ जिल्ला किमटी सदस्य दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

सो अवसरमा रास्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य रुद्र श्रेष्ठ, कोशी प्रदेश कमिटी सदस्य अरुण पौडेल,  जिल्ला सदस्य तथा लेटाङ इञ्चार्ज दुर्गा प्रसाद घिमिरे, अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य राजेश ढकाल, जिल्ला कमिटी उपाध्यक्ष रुपेश खड्का, जिल्ला कमिटी सदस्य तथा स्वयिु सभापति छवि श्रेष्ठ लगायता युवा विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो । 

रास्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा केपी ओली कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । 

सोही प्रतियोगिताको प्रचार प्रसारका लागि रास्ट्रिय युवा संघ नेपाल मोरङले पालिका कमिटीसँगको सहकार्यमा जिल्लाव्यापी रुपमा मैत्रीपूर्ण क्रिकेट, फुटबल, भलिवल र फुटसल खेल खेलाउनुका साथै सरसफाई कार्यक्रम र लागुऔषध विरुद्धको सचेतना जस्ता सामाजिक गतिविधि सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार