मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

लेटाङ नगरपालिकाले थाल्यो ट्राफिक व्यवस्थापन, वीपी चौक क्षेत्रमा पार्किङ गर्न नपाइने, (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकाले नगरकै मुख्यकेन्द्रको रुपमा रहेको लेटाङ बजार क्षेत्रमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि काम अघि बढाएको छ । नगरपालिकाले आज मंगलबार सरोकारवाला पक्षहरुसँग बजारको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका विषयमा छलफल गरि महत्वपूर्ण निर्णय समेत गरेको छ । 

छलफलमा नगरपालिकाको तर्फबाट नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङ बजारको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाको योजनाका विषयमा जानकारी गराउनु भयो । नगर प्रमुख लावतीले प्रस्तुत गर्नु भएका विषयमा सहभागीहरुबीच वृहत छलफल गरि सहमति जुटाएर विभिन्न निर्णय समेत गरिएको छ । 

खासगरि कालेबुदुली सडकको गंगे चौकदेखि सुकेचौरीसम्मको सडकमा रहेका संरचनाहरु हटाउने, बजार क्षेत्रमा ड्रेनदेखि ड्रेनसम्मको सडकमा कुनैपनि सामाग्रीहरु राख्न नपाउने र वीपी चौकको उत्तर दक्षिण ५० मिटर क्षेत्रभित्र सवारी पार्किङ र बसस्टेन राख्न नपाउने निर्णय गरिएको छ । 

यसैगरि सीटी सफारी र अटो टेम्पूका लागि मिलन चौक क्षेत्रका लागि बौद्ध गुम्वाबाट खेरुवा जाने बाटोमा र वीपी चौक क्षेत्रका लागि जनसेवा सामुदायीक वन नजिकैको ठाउँमा स्टेन तोक्ने पनि निर्णय गरिएको छ । 

यस्तै पहाडी क्षेत्रमा चल्ने सवारी साधानका लागि मिलन चौक उत्तरमा स्टेनको व्यवस्था गर्ने, केरा खरिद विक्रीका लागि निश्चित स्थान तोक्ने र मुख्यसडकमा सवारीसाधान निश्चित समय एकातर्फमात्र पार्किङ गर्न पाउने व्यवस्था गर्ने पनि सहमति जुटेको छ । हरेक महिना दिनमा १५ दिन पूर्वतर्फ र १५ दिन पश्चिमतर्फ पार्किङ गर्ने व्यवस्था मिलाउने सहमति भएको हो । 

यसैगरि ट्रिपर लगायतका ह्याभि मालबहाक सवारीका लागि निश्चित रुट तोकिने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने, सीटी सफारी र आटो भाडामा एकरुपता ल्याउन काम अघि बढाउने पनि निर्णय गरिएको छ । 

यसैगरि अव्यवस्थित तारका कारण दुर्घटनाको जोखिम बढेकाले निश्चित समय दिएर सूचना प्रकाशन गरि अटेर गरेको अवस्थामा नगरपालिकाले आवश्यक कदम चाल्ने पनि छलफलमा सहमति जुटेको छ । 

छलफलमा सहमति भएका विषयलाई कार्यपालिका बैठकमा प्रस्तुत गरि कार्यान्वयमा ल्याइने नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो । पहिलो चरणमा लेटाङ बजार क्षेत्रमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्य गरिने र आगामी दिनमा जाँते, बुधबारे लगायतका क्षेत्रमा समेत लागु गरिने उहाँको भनाइ छ । 

छलफल पश्चात सरोकारवाला पक्षहरुले नगरपालिकाको प्रयास सह्रानीय रहेको भन्दै कार्यान्वयनको पक्ष प्रभावकारी रहनु पर्ने बताएका छन् । उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले सर्वपक्षिय छलफलमा गरिएका निर्णयहरुको कार्यान्वयन प्रभावकारी हुनुपर्ने भन्दै आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभयो ।

छलफलमा नगर प्रमुख भूपेन्द्र कमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राई, लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भीमलाल ओली, उद्योग वाणिज्य संघका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ, महासचिव नेत्र निरौला, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, यातायात व्यवसायीहरु, ट्राफिक प्रहरीका प्रतिनिधिहरु, नगर प्रहरीका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार