मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |
मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |


काममा ढिलासुस्ती गरेपछि ठेकेदार भीम पौडेलसँग लेटाङ नगरपालिकाको छलफल

Kanchan24 1+ समाचार ( )
१३ आषाढ २०८०, बुधवार

मोरङ । लेटाङ नगरपालिकाले ठेकेदार भीम पौडेललाई बोलाएर नगर क्षेत्रमा सञ्चालिन प्रदेश र संघ सरकारका विकास आयोजनाका काम छिटो गर्न आग्रह गरेको छ । नगर क्षेत्रमा सञ्चालित प्रदेश र संघ सरकारका ३ वटा विकास आयोजनाको काममा निकै ढिलासुस्ती भएको पाइएपछि नगरपालिकाले निर्माणको जिम्मा पाएका पूर्वका चर्चित ठेकेदार भीम पौडेललाई बोलाएर छलफल गरेको हो ।  

ठेकेदार पौडेलले, संंघीय सरकारले ठेक्का लगाएर कालोपत्रेका लागि काम सुरु गरेको लेटाङ २ न्यौपाने चौकबाट राजारानीसम्म जाने सडक, प्रदेश सरकारले ठेक्का लगाएर काम हुँदै गरेको लेटाङको जाँते—ज्यामिरेबाट पथरीसम्मको सडक कालोपत्रे र भर्खरै प्रदेश सरकारबाट ठेक्का लागेको लेटाङबाट ६ नम्बर बुधबारे धनकुटाल पुग्ने कालेबुदुली सडक कालोपत्रेको ठेक्का पाएका छन् । कालेबुदुली कालोपत्रेकोको ठेक्का पौडेल आफैंले पारेका हुन् भने अन्य दुई आयोजनाको पेटी ठेकेदारको रुपमा पौडेलले कामको जिम्मा लिएका हुन् । लेटाङ क्षेत्रमै क्रसर समेत सञ्चालन गदै आएका पौडेले यस क्षेत्रका अधिकांश ठूला आयोजनाको ठेका पार्ने गरेका छन् भने नदीजन्य पदार्थको ठेक्का समेत उनैले पार्ने गरेका छन् । तर पनि उनले आफुले जिम्मा लिएका विकास निर्माणका काममा भने निकै ढिलासुस्ती गर्ने गरेका छन् ।

प्रदेश सरकारबाट ठेक्का लागेर पेटी ठेकेदारको रुपमा पौडेलले जाँते—ज्यामिरेबाट पथरीसम्मको सडक कालोपत्रेको कामको जिम्मा पाएका हुन् । ढिलै भएपनि कालोपत्रेको काम अघि बढेको अवस्थामा पुनः काम छाडेपछि नगरपालिकाले चासो देखाएको हो । यस्तै पौडेलले पेटी ठेकेदारको रुपमा काम गर्दै गरेको लेटाङ २ न्यौपाने चौकबाट लेटाङ १ राजारानीसम्म जाने सडक कालोपत्रेको काम पनि बिचैमा रोकिएको छ । राजारानीसम्मको सडकको भर्खरै ट्रयाक फराकिलो पार्ने काम मात्र सुरु हुँदै थियो । सडक निर्माणका लागि खनेर त्यसै छाडेका कारण लेटाङ १ का वासिन्दालाई आवात जावतमा निकै समस्या हुने गरेको छ । यता प्रदेश सरकारबाट भर्खरै ठेक्का लागेको लेटाङबाट ६ नम्बर बुधबारे धनकुटासम्मको कालेवुदुली सडकको ठेक्का पारेका पौडेलले निकै भइसक्दा समेत काम सुरु गरेका छैनन् ।

छलफलका क्रममा जनप्रतिनिधिहरुले थालिएका काम चाँडो सक्न र नयाँ ठेक्का लागेको काम पनि चाँडो सुरु गर्न ठेकेदार पौडेललाई आग्रह गरेका छन् । जवाफमा ठेकेदार पौडेलले विभिन्न समस्या सुनाएका छन् भने जाँते पथरी सडकको काम चाँडै सक्ने तर ज्यामिरे तिरको कामको भने ठेक्का तोड्ने गरि कुराकानी भइरहेको जानकारी गराएका छन् । यता लेटाङ २ न्यौपाने चौकबाट लेटाङ १ राजारानीसम्म पुग्ने सडकको हाललाई समथल क्षेत्रको काम अघि बढाउने तथा कालेबुदुली सडकको काम पनि चाँडै सुरु गर्ने बताएका छन् । कालेबुदुली सडकको काम सुरु गर्न आफुले २ ठाउँमा क्रसर राख्नुपर्ने भएकाले सहजिकरण गरि दिन उनले नगरपालिका समक्ष माग गरेका छन् ।

  नगरपालिकाको सभाहलमा भएको छलफलमा नगर प्रमुख भूपेन्द्र कमार लावती, उपप्रमुख कृष्ण कुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपाने, वडाध्यक्षहरु विष्णु मगर, तेजप्रसाद तिम्सिना, डम्बर बहादुर राई, राम श्रेष्ठ, भूम सूर्य मगर, जंगवीर तामाङ, नन्दप्रसाद खतिवडा लगायतको सहभागीता रहेको थियो । छलफलमा संघीय सरकारको तर्फबाट सडक बोर्डका इञ्जिनियर र प्रदेश सरकारका तर्फबाट पूर्वाधार कार्यालयका इञ्जिनियरको सहभागिता रहेको थियो ।

छलफल पश्चात सर्वपक्षिय रुपमा ५ बुँदे सहमति भएको छ । जसमा नगरपालिका क्षेत्र भित्र संघीय सरकार र प्रदेश सरकारबाट सञ्चालनमा रहेका तथा सञ्चालन हुने आयोजनाहरुको जानकारी नगरपालिकालाई गराउने, सञ्चालनमा रहेका आयोजनाहरुमा अवरोध गरेका रुख तथा विद्युतका पोल सार्न निर्माण व्यवसायी, आयोजना सञ्चालन गर्ने निकाय र नगरपालिकाले सम्वन्धित निकायमा समन्वय तथा सहजीकरण गर्ने, आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माण व्यवसायीले आवश्यक कार्य गर्ने तथा देखिएका समस्या समाधान गर्न आयोजना सञ्चालन गर्ने निकाय र नगरपालिकाले सरोकारवालाहरुसँग आवश्यक समन्वय र सहजिकरण गर्ने सहमति भएको छ । यस्तै नगरपालिका क्षेत्रभित्र सञ्चालित आयोजनाका लागि निर्माण सामाग्री सहजरुपमा ओसारपसार गर्न सहजीकरण गर्ने र सञ्चालनमा रहेका आयोजना क्षेत्रमा वर्षाको समयमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुने भएकाले निर्माण व्यवसायीले सडक खुलाउन अवश्यक प्रवन्ध गर्ने सहमति भएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार