मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

Kanchan24 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

काठमाडौं जिल्ला अदालतले म्याद थपसम्बन्धी आदेशमा उनीसहितलाई म्याद थपको अनुमति दिएको हो ।

यो प्रकरणमा हालसम्म सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले शनिबारदेखि गणना हुने गरी चार दिनको समय दिएको हो ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । ठगीबाट सुरू भएको अनुसन्धान पछि संगठित अपराध पनि थपिएपछि प्रहरीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार