मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |
मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |


लेटाङ-छनम्बर बुधबारे सडक ४४ वर्षपछि पुनः शिलान्यास

Kanchan24 1+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

लेटाङ । चौवालिस वर्षअघि २०३६ सालमा मोरङको लेटाङदेखि धनकुटाको छनम्बर बुधबारे पुग्ने सडक शिलान्यास गरियो । पञ्चायतकालिन तत्कालिन अवस्थामा प्रधानमन्त्री सूर्यबहादुर थापाले छनम्बर बुधबारेमा हेलिकप्टरमा आएर सडक शिलान्यास गर्नु भएको थियो । सडक शिलान्यास गरेपछि सडक निर्माणका लागि निर्माणका औजार सामाग्रीहरु पनि ल्याइयो, कर्मचारी कामदारहरु पनि खटिए तर त्यसबेलाको राजनीतिक घटनाक्रमले सडक निर्माण सुरु हुन नपाउँदै सबै कुरा फिर्ता लगियो ।

त्यसपछि पनि पटक पटक यस सडक निर्माणका लागि पहल भए, कानेपोखरीदेखि लेटाङ हुँदै बुधबारे दुरदिम्वा र लिम्बासम्मको सडक निर्माणमा पहल गर्न यस सडकलाई कालेबुदुली नामाकरण गरि विभिन्न प्रयासहरु भए । विभिन्न राजनीतिक सामाजिक व्यक्तित्वहरुको पहलकदमीमा बेला बेला धेर थोर बजेट पनि छुट्टीयो, सडक स्तरोन्नती गर्ने जस्ता कामहरु पनि भए तर पनि कालोपत्रे भने हुन सकेन । जसका कारण ट्रयाक मात्र खोलिएको निकै अफ्ठेरो भूगोल भएको यो सडकसँधै पछाडी पर्यो ।

आज ४४ वर्षपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फेरि लेटाङ छनम्बर बुधबारे सडक शीलान्यास गर्नुभयो । तर ४४ वर्षमा पनि नबनेको सडक अब ३ वर्षमै बन्ला भनेर यस क्षेत्रका बासिन्दा पत्याउन तयार छैनन् । सडक शिलान्यास गर्न आयोजित औपचारिक कार्यक्रममा ठेकेदार कम्पनी सन्तोषी जोया एण्ड ब्रोदर्स जेभी सुनसरीका प्रतिनिधि भीम पौडेलले सम्झौता भएको मिति भन्दा अघि नै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले प्रातिवद्धता जनाए पनि ठेकेदारले ठेक्का पारेर काम समयमै नसकेको देखेका स्थानीयवासी पौडेलका प्रतिवद्धता पत्याउन तयार छैनन् ।

शीलान्यास कार्यक्रममा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेश कुमार सिंहले समेत बजेटको श्रोत सुनिश्चित भइसकेकाले बजेटकै कारण  सडक निर्माणमा ढिलाइ नहुने बताउनु भएको छ । यता कार्यक्रममा बोल्दै अतिथि वक्ताहरुले समेत सडक निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।  सो अवसरमा कोशी प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेत, कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्र घिमिरे, लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्व नगरप्रमुख शंकर राई, धनकुटाको चौविसे गाउँपालिकाका अध्यक्ष राज कुमार लिम्बू  लगायत स्थानीय जनप्रतिनिधि तथा सामाजिक राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 


सन्तोषी जोया एण्ड ब्रोदर्स जेभी सुनसरीले सडक निर्माणको ठेक्का पारी गत वैशाख २८ गते ठेक्का सम्झौता भएकोमा ७ महिना पछि मात्र शिलान्यास गरिएको हो । कूल ८७ करोड ३ लाख ५३ हजारमा लेटाङ बजारको वीपी चौकदेखि चौविसे गाउँपालिकाको छनम्बर बुधबारेसम्म २९ दशमलव ६० किलोमिटर सडक ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको हो । जसमा ५ दशमलव ५ मिटर चौडा कालोपत्रे सहितका सडक संरचनाहरु निर्माण हुने पूर्वाधार विकास कार्यालय विराटनगरका इञ्जिनियर सुशील श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुशार सडकको ७० प्रतिशत भन्दा बढी क्षेत्रमा कंक्रिट वालसहितको नाला निर्माण हुनेछ भने पहाडी क्षेत्रमा भित्तातर्फ नाला निर्माण भएको अवस्थामा ६ दशमलव ६ मिटर चौडाइको कालोपत्रे निर्माण गरिनेछ । साथै गाउँ वस्ती क्षेत्रमा नालामा ढकन समेत लगाइने उहाँको भनाइ छ । 

मोरङको लेटाङबाट मोरङकै मिक्लाजुङ हुँदै धनकुटाको चौविसे र पाँचथरको मिक्लाजुङ गाउँपालिकासम्म पुग्ने यो सडकलाई पूर्वी नेपालका धनकुटा, पाँचथर, इलाम, तेह्रथुम र ताप्लेजुङ लागयतका जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिइएको छ । सडक निर्माण सम्पन्न भएसँगै पूर्वी पहाडलाई तराईसँग जोड्ने मेची राजमार्ग र कोशी राजमार्गको बैकल्पीक र छोटो बाटोको रुपमा विकास हुने देखिन्छ । जुन यसक्षेत्रको पर्यटन र कृषिको विकासमा कोसेढुंगा सवित हुनेछ ।  

यसैबीच ठेकेदार कम्पनीले शुक्रबारदेखि नै लेटाङ ६ को गुवाबारी भन्दा उत्तरतर्फबाट सडक निर्माणको काम थालेको छ । लेटाङ नगरपालिकाले कालोपत्रे गरेको ठाउँलाई छाडेर उत्तरतर्फमा एउटा स्काभेटर प्रयोग गरि सडक फराकिलो बनाउने काम सुरु गरेको पाइएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार