मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु

Kanchan24 314+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

कञ्चनरूप । सप्तरीको सुरूंगा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कान्तलाल चौधरी छन । करिब राति १२ बजेतिर टोलमा पसेको लुटेराको समूहले लुटपाट सुरु गरेका थिए । सोही क्रममा प्रतिकार गर्दा चौधरीको लुटेराले गोली हानी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार चौधरीमाथि गोली प्रहारसँगै धारिलो हतियारले समेत आक्रमण गरिएको छ । घटनास्थलबाट एकवटा गोलीको खोका र तीनवटा गोली बरामद भएको जनाएका छन ।
यस्तै सोही घटनामा मृतक कान्तलालका ४० वर्षीय भाइ रामाकान्त चौधरी पनि घाइते भएका छन । दाजुसँगै लुटेरालाई रोक्ने प्रयास गर्दा धारिलो हतियारले आक्रमण गरिएको थियो । गम्भीर घाइते रामाकान्तको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।
लुटेराले करिब ५०÷६० हजार रुपैयाँ नगद, ५ तोला सुन, २ किलो चाँदी र अन्य बहुमूल्य सामान लुटेर लगेको छ । घटनास्थलमा प्रहरीको तालिम प्राप्त कुकुरसहित सुरक्षानिकायबाट अनुसन्धान भइरहेको एसपी खतिवडाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार