मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

सप्तरीको फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला

Anil Pokharel 36+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

फत्तेपुर । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन् ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेका अनुसार उनको बुधबार राति खुकुरी प्रहार गरि हत्या भएको पाइएको छ । 
सप्तकोशी–२ घर भई बैंकमा सुरक्षा गार्ड रहेका ५६ वर्षीय पर्शुराम फुयाँल मृत फेला परेका हुन् । उनी विगत ८ वर्षदेखि बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
गार्डको कोठा अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । वरिपरि रगतका टाटा पनि देखिएपछि अनुसन्धानकै क्रममा फुयालको हत्या भएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार बैंकको सिसिटिभी फुटेज हेर्दा राती करिव १२ वजे पछि नकावधारी व्यक्ति बैंकभित्र पसेको देखिएपछि घट्ना शंकास्पद रहेको र घटना स्थल वरिपरि रगतका टाटा देखिएकाले हत्या भएको जस्तो देखिएकोले घट्ना बारे थप अनुसन्धान सुरु गरिएको उल्लेख छ ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले पनि सिसिटिभी फुटेज र शवको कोशी प्रदेश प्रहरी धरानबाट तालिम प्राप्त कुकुरको टोली आइसकेको र थप प्रकृया अघि बढेको उनले बताए  । 
मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेको मृतकका आफन्त दुर्गा फुयालले बताए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार