मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

जनताले प्रत्यक्ष लाभ पाउने गरि स्वास्थ्य क्षेत्रको बिकास हुनपर्ने : डाक्टर शेखर कोइराला

Kanchan24 314+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

कञ्चनरुप । नेपाली काग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोइरालाले अहिले देश आर्थिक जर्जरता र अराजकता तिर जान थालेकोले साथै आर्थिक मन्दिलाई अन्त्य गर्न दुई ठुलो दल नेपाली काङ्ग्रेस र एमाले मिलेर सरकार संचालन गर्नु परेको बताएका छन ।  

कोइरालाल सप्तरीको कञ्चनरुप नगरपालिकामा स्थित रुपनगर फत्तेपुर कञ्चनपुर जोडनै त्रीमार्ग मोडको  सडकमा  बिशेश्वर प्रसाद कोइरालाको शालिक अनावरण तथा बिपि चोक नामागंकरण गर्दै यस्तो बताएका हुन । 

डाक्टर कोइरालाले कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रको अवस्था पनि सोचे अनुसारको सुविधा सम्पन्न नभएकाले जनताले प्रत्यक्ष लाभ पाउने गरि स्वास्थ्य क्षेत्रको बिकास हुनपर्नेमा जोड दिदै कञ्चनरुप नगरपालिका भित्र रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

डाक्टर कोइरालाले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको अवस्था ज्यादै नाजुक भएकाले उपलब्धिमुलक गुणस्तरीय शिक्षा प्रदान गरि मानिसलाई शिक्षित बनाउन आवश्यक रहेको बताए । 

महिलाहरु उधशील नभएसम्म समाजको बिकास नहुने भएकाले यस ठाउँमा एउटा महिला उधमशीलको उधोग संचालन हुन आवश्यक रहेको भन्दै दुई तीन बिघा जमिन पालिकाले उपलब्ध गराएमा उधोग खोल्न सहयोग  गर्ने डाक्टर कोइरालाले प्रतिवद्धता ब्यक्तगरेका छन ।

शालिक अनावरण तथा बिपि चोक नामागंकरणमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी नेकपा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौसल किशोर राय , प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादव, एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले नेपाली काङ्ग्रेसका मोरङ्ग सभापति एवम् पूर्व मन्त्री डिक बहादुर लिम्बू , पूर्व मन्त्री सत्यनारायण मण्डल ,नेपाली काङ्ग्रेसका सप्तरी सभापति रामदेव साह, जसपाका नेता एवम् पूर्व साँसद डाक्टर सूर्यनारायण यादव लगायतका बक्ताहरुले बिपिको योगदानको बारेमा चर्चा गरे ।

कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपप्रमुख मुना कुमारी पोखरेलले गरिकी थिईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार