मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सुरु

Kanchan24 1+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका मतदान सुरु भएको छ । विहान ११ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहेको भएपनि समय सार्दै राति १० बजेदेखि मात्र मदतान सुरु भएको हो । मतदान सुरु हुने भएपछि प्रतिनिधिहरु राति ९ बजेदेखि नै लाइनमा बस्न थालेका थिए । 

 प्रदेश कमिटी सदस्यमा धेरैजनाको उम्मेदवारी परेकाले सहमति जुटाउन तथा नामावली प्रकाशन र मतदानका लागि व्यवस्थापन मिलाउनका लागि समय लागेको बताइएको छ । प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले व्यवस्थापनका लागि समय अपुग भएकाले ढिलो भएको जानकारी दिनुभयो ।   

  निर्वाचन कमिटीले दाबी विरोधबाट हटेकाहरूलाई उम्मेदवारको सूचीबाट हटाएर सँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा २ सय १५ सदस्यीय प्रदेश कमिटीका लागि जम्मा ४ सय ५० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । प्रदेश कमिटी सदस्य पदमा भने केही जिल्लामा निर्विरोध भएको छ । 

 चुनाव हुने जिल्लाहरूमा कुल ११६ पदका लागि २५४ जना भिड्दैछन् । त्यसैगरी समावेशीतर्फ एक अपांग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ४ र दुई जनजाती खुल्ला सदस्यमा ९ जना प्रतिष्पर्धामा उत्रिएका हुन् । उम्मेदवारहरूको अन्तिम नामावली अनुसार समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन् ।

 एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार हुनुहुन्छ । खतिवडालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कोशी प्रदेशका शीर्ष नेताहरुको पनि समर्थन रहेको बताइन्छ । अध्यक्ष ओलीले खतिवडालाई नै सर्वसहमतिमा अध्यक्ष बनाउन सुझाए पनि ढकाल पछि नहटेपछि चुनाव हुन लागेको बताइएको छ ।

यता उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ । सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार हुनुहुन्छ । यसैगरि २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा खोटाङका देवान राई,  मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार