मुख्य समाचार
प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग |

कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ

Kanchan24 313+ समाचार ( )
६ मंगशिर २०८२, शुक्रबार

कञ्चनरूप । जिल्लाको कञ्चनरूप नगरपालिका–२, बरमझिया क्षेत्रमा प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। बरामदसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार मंसिर ०४ गते राति करीब १०स्३० बजे जि.प्र.का. सप्तरीका निमित्त कार्यालय प्रमुख प्र.ना.उ. डम्बर बहादुर पुरी र इ.प्र.का।.कन्चनपुरका प्र.ना.उ. माधव प्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम महेन्द्र राजमार्गमा जाँच गरेको हो।
फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रक रोकेर जाँच गर्दा २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरिएको ९सय ७८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
ट्रक चालक सुनसरी, धरान उपमहानगरपालिका–१३ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्राउ गरी लागू औषध सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
बरामद गाँजा, ट्रक र चालक सबैलाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार