काठमाडौँ । राजावादीहरूले प्रदर्शनका क्रममा नेकपा ( एकीकृत समाजवादी) को पार्टी कार्यालय सहित भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाट विरुद्ध चैत २५ गते भित्रै सबै प्रदेश, जिल्ला र स्थानीय कमिटीमा भण्डाफोर र प्रदर्शन गर्ने भएको छ ।
शनिबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सो पार्टीले राजावादी हर्कत विरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
काठमाडौँ आलोकनगर स्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुङ्गामुढा, तोडफोड र आगजनी विरुद्ध यही चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने’, बैठकले पारित गरेको निर्णयमा समाजवादीले भनेको छ ।
नेकपा एसले राजावादीको अराजकता विरुद्ध चैत २५ भित्र देशभर भण्डाफोर गर्ने
१६ चैत्र २०८१, आइतबार