मुख्य समाचार
प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग |

नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील

Ambika Dahal 18+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले देशमा सुशासन, पारदर्शिता भ्रष्टाचारमुक्त राजनीतिक प्रणाली निर्माणका लागि घुस नखानेहरूको पार्टी अभियानमा जेनजी पुस्तादेखि आम नागरिकसम्म सबैलाई सहभागी हुन आग्रह गरेको छ।

विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले यो अपील गरेको हो। बैठकका निष्कर्षबारे सोमबार कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।

सरकारी दमन हिंसात्मक घटनामा छानबिनको माग

पार्टीले भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमा भएका आगजनी, तोडफोड लुटपाटका घटनामा संलग्नहरूलाई छानबिन गरी कानूनी कारबाही गर्न माग गरेको छ।

त्यस्तै Gen-Z को शान्तिपूर्ण प्रदर्शनमा भएकोबर्बरतापूर्ण दमनको आदेश दिने तत्कालीन सरकारका शीर्ष जिम्मेवारमाथि पनि छानबिन गर्नुपर्ने भन्दै नेकपा (संयुक्त) ले कडा प्रश्न उठाएको छ।

सम्पत्ति छानबिन आयोग गठनको प्रस्ताव

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पार्टीले नेतृत्वदायी पदमा पुगेका

  • नेता,
  • न्यायाधीश,
  • सुरक्षा निकायका अधिकारी,
  • निजामती कर्मचारी

सबैको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्न सरकारलाई माग गरेको छ। पार्टीका अनुसार यही उपायले मात्रउच्च तहमा जमेको भ्रष्टाचारको जडउखेलेर सुशासन सम्भव छ।

निष्पक्ष निर्वाचनको माग

पार्टीले आगामी फागुन २१ गतेको निर्वाचन निष्पक्ष, स्वच्छ भयरहित बनाउन सरकार, निर्वाचन आयोग सम्बन्धित निकायहरूलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।

नेकपा (संयुक्त) का अनुसार पार्टी अब व्यापक जनसमर्थनसहित सफा नेतृत्व, पारदर्शी राजनीति उत्पादनमुखी अर्थतन्त्र को एजेण्डा लिएर जनताबीच जाने तयारीमा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार