मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |
मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |


एमालेको शुभकामना आदानप्रदानमा देशको चिन्ता

Kanchan24 1+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका वडा नम्बर ५ वडा कमिटीले आयोजना गरेको चाडपर्वहरु लक्षित शुभकामना कार्यक्रममा वक्ताहरुले देशको चिन्ता व्यक्त गरेका छन् । दशैं , तिहार, नेपाल सम्वत् छठलगायतका पर्वहरुको अवसरमा बोल्ने अधिकांश नेताहरुले गठबन्धनका कारण देश बर्वादीतिर अघि बढेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता विनोद ढकालले अहिलेको गठबन्धन सरकारको काम देशमा सुशासन कायम गर्ने नभई एमालेलाई छेक्नमात्र केन्द्रित रहेको बताउनुभयो । देश आर्थिक हिसाबले रुग्ण बन्दै गइरहेको भन्दै अहिलेको प्रचण्ड सरकारले त्यसतर्फ कुनै काम गर्न नसकेको टिप्पणी गर्नुभयो । देश र जनताको लागि काम गर्ने पार्टी भनेको नेकपा एमाले मात्रै रहेको भन्दै उहाँले जबजब नेकपा एमालेले सरकारको नेतृत्व गर्‍यो त्यतिबेला उल्लेख्य काम भएको  चर्चा गर्नुभयो । तर वर्तमान सरकार सत्ता टिकाउने खेलमा मात्र रहेको बताउनुभयो ।


कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसदहरुको विद्रोहलाई नेकपा एमालेले समर्थन गरेर राजनीतिक अस्थिरतालाई रोक्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिलेको अर्थव्यवस्था अनुसार फेरि पनि निर्वाचन मुलुकले धान्न नसक्ने भएकाले नै विद्रोह गरेर आएका सांसदलाई समर्थन गरेर सरकार निर्माण भएको हो ।’ उहाँले वडाबासी जनतालाई शुभकामना दिँदै अबको निर्वाचनमा नेकपा एमालेको एक्लै बहुमत आउने गरि जुट्न आग्रह समेत गर्नुभयो ।

हिमालय मातृभूमी फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले राजनीतिक दलहरु नसच्चिए देशमा ठूलो दुर्घटना निम्तिन सक्ने चिन्ता व्यक्त गर्नुभयो । देशको नेतृत्व राजनीतिक दलहरुले गर्ने हो भन्दै उहाँले तर दलहरुमा पनि भ्रष्टिकरण भएपछि खबरदारी गर्न हिमालय मातृभूमी फाउण्डेसनको जन्म भएको बताउनुभयो । सुशासन, समृद्धि, भ्रष्टचार नियन्त्रणका लागि फाउण्डेसनले अभियान नै सञ्चालन गर्ने र सचेत नागरिकहरु गोलबद्ध हुँदै जाने बताउनुभयो । उहाँले पछिल्लो समय भइरहेको युवा पलायनको स्थितीले  चाँडै देश यूवा विहीन अवस्थामा पुग्ने चिन्ता व्यक्त गर्नुभयो ।

सबै युवा शक्ति विदेशिए, बालबालिका र बयोवृद्धहरुले मात्र देशको विकास असम्भव रहेको तर्क गर्नुभएका पुरीले शिर्ष राजनीतिक दलहरुले यूवा पुस्तालाई नेपालभित्रै भविष्य देख्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘यूवालाई खोई भरोसा दिलाएको ? खोई विश्वास दिलाएको ? नेपालमा भविष्य छ भनेर । मुखले बोलेर मात्र होइन व्यवहारले त्यस्ता कार्यक्रम ल्याउनुपर्छ ।’


नेकपा एमालेका विराटनगर महानगरकमिटी अध्यक्ष सागर थापाले सबैले नेकपा एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । नेकपा एमाले बाहेकले जनताको दुःख र पीडा अरु कुनै पार्टीले नबुझ्ने भन्दै उहाँले यो कुरा बुझ्न र बुझाउन घर घर पुग्नुपर्ने बताउनुभयो । वडा तथा टोल कमिटीका नेताहरुलाई निर्देशन गर्दै उहाँले अब हरेक घरमा कम्तिमा एकजना पार्टीको कटिबद्ध सदस्य बनाउन लाग्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नैपर्ने भन्दै उहाँले २०८४ को निर्वाचनमा नेकपा एमालेको विकल्प नहुनेगरि काम गर्न आग्रह गर्नुभयो । उहाँले हरेक कार्यकर्ता जनताको सहयोगी र सारथीको रुपमा दुःखसुखमा जोडिन निर्देशन दिनुभयो ।

विराटनगर–५ वडा कमिटीका अध्यक्ष राजेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सदस्य मीनकुमार आचार्य, वटा कमिटी इन्चार्ज चन्द्रप्रसाद अधिकारी, पूर्व वडा कमिटी अध्यक्ष सुनिलकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार