मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

लेटाङ टी-ट्वान्टी लिगमा त्रिवेणी फाइनल नजिक

Kanchan24 1+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

-राजु गौतम 

लेटाङ । लेटाङमा जारी लेटाङ टी-ट्वान्टी त्रिकोणात्मक श्रृंखंला अन्तरगत दोस्रो खेलमा शनिबार युनाइटेड क्लब माथि ३६ रनको जित हासिल गर्दै त्रिवेणी राइनोज फाइनल नजिक पुगेको छ । शुक्रबार ह्याप्पी क्लबसँग पराजित भएको त्रिवेणीले आइतबार हुने ह्याप्पी क्लब र युनाइटेड क्लबको नतिजामा भर पर्नुपर्ने भएता पनि नेटरनरेटमा सुधार गरेकाले फाइनल नजिक पुगको हो । 

टस जितेर युनाइटेड क्लबले फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा उत्रिएको त्रिवेणीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । त्रिवेणीका लागि उत्तम ढकालले सर्वाधिक नटआउट ४६ रन र भोला राईले २३ रनको योगदान गरेका थिए । युनाइटेडका न्युटन विश्वास र विवस श्रेष्ठले समान २-२ विकेट हात पारेका थिए । 

१ सय ५२ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको युनाइटेड क्लब १८/५ ओभरमा १ सय १६ रनमा अलआउट भएपछि त्रिवेणीले ३६ रनको सहज जित दताए गरेको हो । युनाइटेडका गौरव राईले सर्वाधिक २२ रन जोडेका थिए । त्रिवेणीका द्रोण मगरले सर्वाधिक ४ विकेट र प्रेम सागर दाहालले ३ विकेट हात पारेका थिए । 

ब्याटिङमा १३ रन, बलिङमा ४/१२ र फिल्डिङमा ५ क्याच लिन सफल त्रिवेणीका द्रोण मगर म्यान अफ द म्याच घोषित भए । आजको जितसँगै २ खेलमा २ अंक पाएको त्रिवेणी ±०.७३५ नेटरनरेटका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने १ खेलमा १ हात पारेको ह्याप्पी क्लव ±०.३७१ नेटरनरेटका साथ दोस्रो र १ खेलमा ० अंक पाएको युनाइटेड -१.८०० नेटरनरेटका साथ पुछारमा रहेको छ । 

युनाइटेड क्लब, ह्याप्पी क्लब र त्रिवेणी राइनोजले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितालाई वडा नं ४ ले मुख्य प्रायोजन गरको छ भने विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन् । ३ वटा टिमहरूको राउन्ड रोबिन लिगमा उत्कृष्ट २ टिम फाइनल पुग्ने फम्र्याटमा आयोजना भइरहेको प्रतियोगिता  फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १५ हजार र उपविजेताले ७ हजार ५ सय प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार