विराटनगर, १ जेठ । मोरङको विराटनगर महानगरपालिका-११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विराटनगर-१५ का ४३ बर्षिय अनिल यादव रहेका छन । आज अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले BR33Z 9796 नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई संका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो ।
स्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको जनाइएको छ ।