विराटनगर, ४ जेठ । कोशी प्रदेश नेकपा (एमाले) संसदीय दलका उपनेता ामबहादुर राना मगरमाथि आक्रमणको प्रयास भएको छ । पहिचानवादीहरुले उनीमाथि आक्रमण प्रयास गरेका हुन् ।
बुधबार इलामको माङसेबुङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको हो। इलामबाटै निर्वाचित उनी कोशी प्रदेश नामाकरणको प्रस्ताव पेश गरेका थिए ।
संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विज्ञप्ती जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरूले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन्। आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ।