मुख्य समाचार
प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग |

रूपनगरमा ग्रामीण महिलाको लैङ्गिक हिंसा तथा क्षमता विकास तालिम सम्पन्न

Kanchan24 313+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

कञ्चनरूप । कञ्चनरूप नगरपालिका वडा नं.९ को रूपनगरमा ग्रामीण महिलाको लैङ्गिक  हिंसा तथा क्षमता विकास सम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
सोमबार वडा नम्बर ९को सभाहलमा आयोजना गरिएको ग्रामीण महिलाको लैङ्गिक हिंसा तथा क्षमता विकास तालिममा वडा नंं. ९ विभिन्न समुदायका महिलाहरूको सहभागिता रहेको थियो ।
वडा नम्बर ९कोे आयोजनामा भएको सो तालिममा ग्रामीण महिलाका लैङ्गिक हिंसा सम्बन्धी महिलाविरुद्धको हिंसा नियन्त्रण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान, नियमावली तथा अध्यादेश बारे छलफल गरिनुका साथै यस्ता कानुनहरूले हिंसा न्यूनिकरणमा केकस्ता भूमिका गर्छ भन्ने सवालमा अन्तरक्रिया गरिएको थियो ।
लैङ्गिक हिंसा प्रभावितसँग कुरा गर्दा ध्यान दिनुपर्ने कुराहरू, लैङ्गिक हिंसाका घटना उजुरी दर्ताको प्रकृया, लैङ्गिक हिंसा रोकथामका उपाय, न्याय पाउन बाधा, चुनौती र प्रकृयामा व्यवहारिक झन्झटका सवालहरूमा चर्चा गरिएको थियो ।
वडा नम्बर ९का अध्यक्ष रामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताले कार्यक्रममा बोल्दै लैङ्गिक हिंसाको घटना बढिरहेको र यसले समाजमा नराम्रो प्रभाव पारिरहेको बताए । उनले हरेक तहको नेतृत्व तहमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्ने हुँदा हिंसा न्यूनीकरण गर्न स महिलाहरू आफै लाग्नुपर्ने बताए । 

वडा अध्यक्ष रामसुन्दर यादवले महिला माथि हुने हिंसा लैङ्गिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक भएको महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको बताए । 
कार्यक्रमका प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले ब्यानर पढेर कार्यक्रमको उद्‌घाटन गरेका थिएन । 
कार्यक्रमकामा कञ्चनरूप नगरपालिकाका प्रमुख प्रसाशकियय अधिकृत नवाज खड्का ,कार्यपालिका सदस्य  मञ्जु सरदार ९ नं.का वडा सदस्य राजकुमार महतो सदस्य रामेश्वर साह, ९ नं.का वडा सचिव गणेश कुमार यादव,  ११ नं.का वडा सचिव  राजेश यादव , पत्रकार लगायतको उपस्थिति  रहेको थियो ।
८० जनाको सहभागिता रहेको तालिमको सहजीकरण विनोद कार्कीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार