विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले यथास्थितिमा सर्वदलीय सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकारमा सहभागी हुन सबै दलहरूलाई आव्हान गरेका थिए ।
पछिल्ला केही दिनयता भइरहेका सर्वदलीय सरकारका लागि सहमतिको प्रयास भइरहेको र मुख्यमन्त्री आलोपालोको चर्चालाई कांग्रेसले खारेज गरेको हो ।
कांग्रेस कोशी संसदीय दलको बैठकले सत्ता साझेदार माओवादी केन्द्र र जनता समाजवादीलाई एमालेमाथिको समर्थन फिर्ता लिएर सरकारबाट हट्न आग्रह गरेको छ ।