मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

खोर्सानेमा मीनी महोत्सव सुरु

Kanchan24 1+ समाचार ( )
असोज १३ गतेसम्म १९ दिन सञ्चालन हुने मेलामा प्रमोद खरेल, लाहुरे, लगायतका चर्चित कालकारहरुको समेत प्रस्तुती रहनेछ
२५ भाद्र २०८०, सोमबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा सोमबारदेखि खोर्साने मीनी महोत्सव सुरु भएको छ । सुन्दर खोर्साने युवा क्लवको आयोजनामा सुन्दरहरैंचा १२ स्थित स्थानीय किस्ती खोलाको किनारमा राजमार्ग दक्षिणको खाली ठाउँमा मीनी महोत्सव सुरु गरिएको हो । स्थानीय क्षेत्रको व्यापार प्रवर्धन, पर्यटन प्रवर्धन, कला संस्कृति संरक्षण, खेलकुद क्षेत्रको विकास र मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको मेलाको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले गर्नुभयो । खासगरि मेलाबाट आम्दानी भएको रकमलाई खेल क्षेत्रको विकासमा लगानी गर्ने तथा क्लवको भवन निर्माण गर्न खर्च गरिने मेलाका व्यवस्थापक आनन्द बस्नेतले जानकारी दिनुभयो । 

 मेलामा आज सोमबार सञ्जिव धिमाल र विराट डान्स सेन्टरका कलाकारहरुको प्रस्तुती रहेको थियो भने भोलि मंगलबार चर्चित गायीका आस्था राउतको प्रस्तुती रहने आयोजक क्लवका अध्यक्ष काजीमान लिम्बूले जानकारी दिनुभयो । असोज १३ गतेसम्म १९ दिन सञ्चालन हुने मेलामा प्रमोद खरेल, लाहुरे, लगायतका चर्चित कालकारहरुको समेत प्रस्तुती रहनेछ भने रोटेपिङ लगायतका खेल मनोरञ्जन पनि राखिएको छ । मेलको मुख्य प्रयोजक सरु काष्ठ फर्निचर उद्योग सुन्दरहरैंचा ११ बेलेपुर रहेको छ भने प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार