मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

लेटाङ १ आरुबोटेको टेलिकम टावर सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

- तिलक राई 

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर १ को पहाडी गाउँहरुमा नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । लेटाङ १ स्थित आरुवोटेमा ४ वर्ष अघि नेपाल टेलिकमले टावर निर्माण गरिएको भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा स्थानीयवासीलाई सञ्चार सम्पर्क गर्न निकै समस्या हुने गरेको थियो ।

टावर निर्माण हुन थालेपछि सहज रुपमा कुराकानी गर्न सकिने भयो भन्दै खुशी भएका स्थानीवासी लामो समयसम्म टावर सञ्चालनमा नआउँदा निराश भएका थिए । तर पछिल्लो समय स्थानीय युवाहरुको पहलमा सञ्चार मन्त्रालयमा सम्पर्क गरि समस्या बारे जानकारी गराएपछि नेपाल टेलिकमले प्राविधिक पठाएर टावर सञ्चालनमा ल्याएपछि मंगलबारदेखि सञ्चार सम्पर्क गर्न सहज भएको छ । ढिलै भएपनि टावर सञ्चालमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । 

लेटाङ १ का वडाध्यक्ष विष्णु मगरले सेवा सुचारु गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिंदै प्रभावकारी रुपमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सो क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालन नहुँदा एनसेलबाट मात्र सम्पर्क गर्नुपर्ने अवस्था थियो । जसका कारण स्थानीयवासीले निकै सास्ती भोग्नु परेको थियो । टावर सञ्चालना आएसँगै लेटाङको वडा नम्बर १, वडा नम्बर ७ को केही भाग तथा केराबारी गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका वासिन्दा लाभान्वित हुनेछन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार