मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

नेपाली सेनाको पूर्वीपृतना तालिम शिक्षालय लेटाङद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
१७ माघ २०८०, बुधवार

लेटाङ । नेपाली सेनाको पूर्वीपृतना तालिम शिक्षालय लेटाङले आफ्नो १० औं वर्षिकोत्सवको अवसर पारेर लेटाङ १ लोखरास्थित बाल विकास आधारभुत विद्यलायलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका पूर्वी पृतनापति उपरथी श्री आश बहादुर तामाङले विद्यालयका प्रधानाध्यापक दिननाथ खनाललाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौला, तालिम शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी श्री प्रह्लाद थापा, राजारानी पर्यटन विकास समितिका अध्यक्ष सुजन मगर, हडर्न नेपालका सुरेश अधिकारी लगायत तालिम शिक्षालयका सकलदर्जा, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

सो अवसरमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको शिक्षालयका सहसेनानी सुवास कार्कीले जानकारी दिनुभयो ।

सोही अवसरमा लेटाङ नगरपालिकाको छात्रासँग उपमेयर कार्यक्रम समेत सञ्चालन गरिएको छ । लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले विभिन्न अत्यावश्यक फोन नम्बरहरु उल्लेख गरिएको डाइरी विद्यार्थीहरुलाई हस्तान्तरण गर्नभयो । उहाँले विद्यालयलाई विभिन्न सामाग्री प्रदान गरेकोमा नेपाली सेनालाई धन्यवाद व्यक्त गर्नुभयो । 

यसैबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा लेटाङ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णु मगरले सबैको सहयोगले मात्र शैक्षिक क्षेत्रको विकास हुने भन्दै नेपाली सेनाले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागिता जनाउन नपाए पनि आफुले नेपाली सेनाको सामाजिक कामलाई कहिलै नविर्सने उहाँको भनाइ छ ।

भिडियो समाचारका लागि   https://fb.watch/pWaPKPpREW/   मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार