चाडपर्व
विभिन्न स्थानबाट कलश यात्रा निकालियो
१७ अशोज २०८१, बिहीबार

प्रकाश कुमार मण्डल
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ र ७ स्थित वभनगामा वडा दशैँको उपलक्ष्यमा ग्रामदेवता डिहवार थानबाट विहीवार कलश यात्रा निकालिएको छ ।
श्रद्वालु भक्तजनद्वारा डिहिवार थानमा विधिवत रुपमा पूजापाठ गरि महिला ,युवती , कन्या कुमारी हरु द्वारा थानबाट कलश यात्रा निकालि कोशी नहरमा जल भरि पुनः बाजागाजाका साथ डिहिवार स्थानमा कलश राखियो ।
कलश यात्रा कार्यक्रममा ६ नम्बर का पूर्व वडा अध्यक्ष गोविन यादव, मावि वभनगामाकट्टीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव, व्यवस्थापन समितिका सदस्य रामप्रसाद मंडल , राष्ट्रिय हरिहर हरिनारायण प्राथमिक विद्यालय सडेपारका प्रधानाध्यापक अरुण कुमार यादव, को वर्साइनका प्रहरी हवलदार राजावावु देवकोटा , प्रहरी जवान रविन्द्र साह , शिक्षक जितेन्द्र मंडल ,अमरेन्द्र ठाकुर, हरेराम राय, विजय यादव ,खुसर यादव , पत्रकार एवम् कर्मचारी लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी ,युवा ,महिला, पुरुष लगायतको सहभागिता रहेको स्थानीय देवेन्द्र यादवले जानकारी दिए । यस्तै स्थानीय विन्देश्वरी यादव ,रामचन्द्र राय , रामनारायण यादव, जिवछ यादव, दशरथ यादव, रविन्द्र साह, सत्यनारायण यादव,नितेश यादव , चेतनारायण यादव ,विक्रम यादव, मुसहरु यादव, भूपेन्द्र यादव,प्रयाग यादव लगायतको सहभागिता रहेको थियो ।
कलश यात्रामा पुजारी सकलदेव यादव र हरिनारायण यादवद्वारा कलश भरि विधिवत रुपमा डिहिवार थानमा कलश स्थापित गरि दशैँ भरि सम्म बिहान र बेलुका भजन कीर्तन साथै कलश यात्रीहरूले आ आफ्नो कलशलाई पूजापाठ गरि विजया दशमीका दिन कुमारी कन्या भोजन गराइने स्थानीयले जानकारी दिए ।
यसैगरी दुर्गा पूजा समितिद्वारा ८ नम्बर स्थित तोपाको दुर्गा मन्दिरबाट कलश यात्रा निकाली कोशी नहरमा कलशमा जल भरि पुनः कलश दुर्गा मन्दिरमा स्थापन गरिएको मावि तोपाका व्यवस्थापन समिति अध्यक्ष राधेश्याम यादवले बताए । त्यस्तै वडा नम्बर ७ स्थित मंसापुरमा पनि एक सय पाँच कलश यात्री मन्सापुर चौकमा स्थापन गरिए भगवतीको मूर्ति स्थानबाट महिलाहरू कोशी नहरमा कलश भरि पुनः मूर्ति स्थानमा कलश स्थापना गरिएका छन । दशैँ भरि कलशको पूजापाठ गरिने स्थानीय बद्री मंडलले वताए ।