मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

सङ्घीयता र तीन तहको संरचना माथि प्रश्न उठाउनु भनेको संविधान माथि नै प्रश्न उठाउनु हो : मन्त्री लेखीले

Kanchan24 314+ समाचार ( )
१५ पौष २०८१, सोमबार

राजविराज । मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले सङ्घीयता र तीन तहको संरचना माथि प्रश्न उठाउनु गम्भिर चिन्ताको विषय भएको बताउनु भएको छ । 

आम सञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा राजविराजमा सोमबार आयोजित साइबर सुरक्षा र ए. आई. सम्बन्धी एकदिने अभिभुखिकरण कार्यक्रम उद्‍घाटन गर्दै मन्त्री राज कुमार लेखीले यस्तो बताउनु भएको हो । 
जनताले लडेर ल्याएको समावेशी, समानता र स्वायत्ता सहितको शासन व्यवस्था माथि प्रश्न उठाउनु  भनेको संविधान माथि नै प्रश्न उठाउनु हो । तीन तहको संरचना हाम्रो संविधान भित्रकै भएको भन्ने कुरा प्रश्न उठाउनेहरुले बुझ्नु पर्छ मन्त्री लेखिले ले भन्नु भयो । 
मधेश प्रदेश सरकारले पत्रकारको क्षमता अभिवृद्धि देखि सुरक्षा समेतको सवालमा काम गरिरहेको बताउँदै उनले यस प्रदेशका पत्रकारहरूका लागि एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमाका लागि राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकिएको जानकारी दिनु भयो ।
मन्त्री लेखीले  राजनीतिकसँगै समाजमा रहेको विकृति न्यूनीकरण गर्ने समाचारलाई प्राथमिकतामा राखी सामाजिक रूपान्तरणमा टेवा पुग्ने संदेशमुलक सामाग्री उजागर गर्न आग्रह गरे । आफ्नो ठाउँको आमूल परिवर्तनका लागि पत्रकारसहित स्थानीयको अहम् भूमिका रहने उहाँको भनाइ थियो । गणतन्त्रवादी नेता, मधेस आन्दोलनका नेता, आदिवासी तथा थारू आन्दोलनका नेता, जनयुद्धका नेतृत्व गर्ने  नेताहरूको जन्मभूमि रहेको ऐतिहासिक जिल्ला सप्तरी रहेको स्मरण गर्दै मन्त्री लेखीले जिल्लाको अपेक्षित विकास हुन नसकेको भन्दै दुख व्यक्त गर्न भयो । 
आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनमत पार्टीका संसदीय दलको नेता महेश प्रसाद यादव, प्रदेशसभा सदस्य किरणकुमारी साह, प्रमुख जिल्ला अधिकारी भोला दहाल र नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार