मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

सप्तरीमा ओली रिहाइको माग गर्दै प्रदर्शन र मशाल जुलुस

Kanchan24 312+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

राजविराज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार सप्तरीका विभिन्न स्थानमा एमाले नेता–कार्यकर्ता तथा समर्थकहरूले प्रदर्शन गरेका छन्।

अध्यक्ष ओलीको पक्राउलाई एमालेले “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ।

शनिबार दिनभर एमाले निकट नेता–कार्यकर्ता सडकमा उत्रिँदै राजविराज, कञ्चनपुरलगायत जिल्लाका विभिन्न बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बालेन्द्र नेतृत्वको सरकारको चर्को आलोचना गरेका थिए।

जिल्ला सदरमुकाम राजविराजमा प्रदर्शनकारीहरूले “लोकतन्त्रको हत्या बन्द गर” र “राजनीतिक पूर्वाग्रह त्याग” जस्ता नारासहित बजारका विभिन्न स्थानमा प्रदर्शन गर्दै नेता चौकमा पुगेर कोणसभा गरेका थिए। कोणसभामा वक्ताहरूले अध्यक्ष ओलीमाथि गरिएको कारबाहीलाई अलोकतान्त्रिक, पूर्वाग्रही र गैरकानुनी भएको आरोप लगाए।

यता कञ्चनपुर क्षेत्रमा पनि एमाले कार्यकर्ताहरूले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर विरोध जनाएका छन्। टायर दहनका कारण केहीबेर राजमार्ग क्षेत्र तनावग्रस्त बनेको स्थानीयहरूले बताएका छन्।

उता सम्भावित अप्रिय घटना रोक्न तथा सुरक्षा अवस्था मध्यनजर गर्दै नेपाल प्रहरीले राजविराज, कञ्चनपुरलगायत जिल्लाका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।

यसैबीच, एमाले सप्तरी जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्षमाथि गरिएको कारबाहीलाई गैरकानुनी, अलोकतान्त्रिक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ। विज्ञप्तिमार्फत तत्काल रिहाइ नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी समेत दिइएको छ।

एमाले सप्तरीले शनिबार साँझ जिल्लाका विभिन्न स्थानमा सरकारविरुद्ध मशाल जुलुस प्रदर्शनको तयारी गरिरहेको जनाएको छ।

ओली पक्राउको घटनापछि सप्तरीको राजनीतिक माहोल थप तातेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार