मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

बाढि पहिरो 
नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुई यात्रुबस बगायो

Kanchan24 314+ समाचार ( )
२८ आषाढ २०८१, शुक्रबार

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा धेरै यात्रु बेपत्ता भएका छन् । दुवै बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेका हुन् । चितवन प्रशासनले दुवै बसमा चालकसहित ६५ जना रहेका बताएको छ । यद्यपि दुई वटा बसमा ३९ जनाको हाराहारीमा यात्रु रहेको पाइएको छ । शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर आइरहेको गणपति डिलक्स र वीरगंजबाट काठमाडौँ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल बस पहिरोले बगाएर त्रिशुलीमा खसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्टि गरेका छन् ।
गौर आइरहेको बसमा ४१ जना र काठमाडौँ गइरहेको बसमा २४ यात्रु रहेको प्रारम्भिक सूचना थियो । तर गौर आइरहेको बसमा २४ जना रहेको र तीमध्ये ३ जनाले हामफालेर ज्यान जोगाएको पाइएको छ । यस्तै, अर्को बसमा १५ जना यात्रु रहेको बताइएको छ । घटनास्थलमै रहेका चितवनका सीडीओ यादवका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उनले बसमा रहेका रहेका यात्रुको यकिन विवरण नआइसकेको बताएका छन् ।

बस खोज्न जिल्ला प्रहरी कार्यालय चितवनले ७५ जनाको टोली खटाएको छ र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको छ ।
यस्तै, अविरल वर्षाका कारण चितवनकै सत्रकिलोमा माथिबाट खसेको ढुङ्गा लागेर अर्को यात्रुबाहक बसका चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ वि क ढुङ्गा लागेर गम्भीर घाइते भएका उपचारक्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा बेपत्ता भएका यात्रुसँगै देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बेपत्ता यात्रुको खोजी एवम् प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन् । मधेशदृष्टिबाट 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार