मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

पुराना हारको बदला कि नयाँको उदयः सप्तरी–१ को चुनावी माहोल

Kanchan24 312+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

कञ्चनरूप। सप्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यतिबेला निर्वाचन क्षेत्र नं। १ सबैभन्दा रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। यहाँ प्रतिनिधिसभा सदस्य पदका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवार पनि छन्।
रोचक पक्ष के छ भने उम्मेदवारमध्ये अधिकांश नयाँ अनुहार छन् भने पुराना भनिएका केही नेताले समेत अहिले सम्म निर्वाचन जित्न सकेका छैनन्। पटकपटक प्रयास गर्दा पनि एमालेका सुमनराज प्याकुरेल र काङ्ग्रेसका रामदेव साहले जितको अनुभव बटुल्न सकेका छैनन्।
यस निर्वाचन क्षेत्रमा १ लाख १९ हजार ४३ मतदाता रहेका छन् भने पाँच वटा स्थानीय तह समेटिएका छन्। प्रतिनिधिसभा सदस्य बन्ने दौडमा रहेका बीच मुख्य प्रतिस्पर्धा नयाँ र पुराना राजनीतिक शक्तिबीच केन्द्रित देखिएको छ।
एमालेबाट सुमनराज प्याकुरेल, काङ्ग्रेसबाट रामदेव साह, नेकपाबाट रवीन्द्र चौधरी, रास्वपाबाट पुष्पाकुमारी चौधरी, जनमत पार्टीबाट जयकान्त राउत, स्वाभिमान पार्टीबाट सुमित साह र जसपा नेपालबाट श्यामसुन्दर सरदार प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
काङ्ग्रेसबाट जिल्ला सभापति रामदेव साह तेस्रो पटक उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा सीमित भएका उनले यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै पहिलो स्थानमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
एमालेका सुमनराज प्याकुरेल पनि तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। अघिल्ला दुई निर्वाचनमा पराजय भोगेका उनले यसपटक जितेर क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
देशैभर जस्तै रास्वपाले पनि यस क्षेत्रमा जितको दाबी गरेको छ। पुराना अनुहार भन्दा नयाँलाई मौका दिने जनलहर देखिएको भन्दै रास्वपाले ३६ वर्षीया पुष्पाकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ। अन्य दलले पनि आ–आफ्नो जित सुनिश्चित हुने दाबी गरिरहेका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ जनमत पार्टीले २२ हजार ३२७ मत प्राप्त गरेको थियो भने हनुमाननगर कङ्कालिनी नगरपालिकामा जित हासिल गरेको थियो। एमालेले १२ हजार ९०४ मत पाएको थियो र स्थानीय तह निर्वाचनमा अग्निसाइर कृष्णासवरन गाउँपालिका जितेको थियो। यद्यपि अध्यक्ष निलम्बनमा परेपछि उपाध्यक्षले कार्यवाहक रूपमा पालिका सञ्चालन गरिरहेकी छन्।
काङ्ग्रेसले समानुपातिकतर्फ १० हजार ३९९ मत पाएको थियो भने सप्तकोशी, कञ्चनरूप र तिरहुतमा स्थानीय तह निर्वाचन जितेको थियो। तर कञ्चनरूप नगरपालिका भित्र पार्टीभित्रै देखिएको आन्तरिक विवादले काङ्ग्रेसको एकतामा असर परेको विश्लेषण गरिँदै आएको छ, जसको प्रभाव सिङ्गो क्षेत्र नं। १ मा पर्ने अनुमान गरिएको छ।
सर्वाधिक मतदाता संख्या, धेरै उम्मेदवार र नयाँ–पुराना शक्तिको भिडन्तले सप्तरी–१ को निर्वाचनलाई थप रोचक बनाएको छ। मत विभाजन, स्थानीय प्रभाव र पार्टीगत लहर—यी सबै तत्वले अन्तिम नतिजा निर्धारण गर्ने देखिन्छ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार