मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |
मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |


डाक्नेश्वरी नगरपालिकाको १४ औं नगर सभा सम्पन्न

महेन्द्र सदा 22+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

पातो । सप्तरी जिल्लाको डाक्नेश्वरी  नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ ।
नगर सभा प्रमुख अतिथि पूर्व राष्ट्रिय सभा सदस्य  सुमनराज प्याकुरेल एवं नगर प्रमुख रामलखन मल्लाह को अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि  प्याकुरेलले नगर सभामा बोल्दै काठैना पातो बोर्डर सडक निर्माण पुरा भए मात्र डाक्नेश्वरीको समृद्ध विकास हुने बताए ।
शुभकामना मन्तव्यको क्रममा साना किसान कृषि सहकारी संस्था अध्यक्ष सत्यनारायण यादव, नेपाल रेडक्रस सोसाइटीका पातो उप शाखा को अध्यक्ष जितेन्द्र यादव, माओवादी पार्टी नगर प्रत्यासी कृष्णानन्द यादव, जनमत पार्टी प्रतिनिधि मदनेश्वर सदाले बोलेका थिए । स्वागत मन्तव्यको क्रममा नगर उप प्रमुख मिरा कुमारी यादवले स्वागत गरी नीति तथा बजेट प्रस्तुत गरेकी थिइन । नगर प्रमुख रामलखन मल्लाहले प्रस्तुत मिति तथा वजेट ०८०।८१ को कूल बजेट ८९ करोड ९९ लाख ८१ हजार अनुमान गरिएको बताइन । 
यस पाली नव निर्मित आँखा अस्पताल, सर्पदंश सेवा केन्द्र सञ्चालन एवं गर्ववत्ती महिलाहरूको निःशुल्क भिडियो  ]रे सेवा दिने नगर प्रमुखले बताए । साथै , सडक कृषि विद्युत करणमा किसान हदको सुविधाको लागी विद्युत  मिटरको बिल मगर पालिकाले बेहोर्ने  नगरप्रमुखले बताए ।
प्रदेश सभा सदस्य शम्भु साहले बोल्दै नगर विकासको लागी मास्टर प्लान बनाउनु र Rt terk इन्जिनियरको आवश्यकता रहेको बताए । पूर्व सांसद ताराकान्त चौधरीले बजार व्यवस्थापन को लागी योजना गरेर काम गर्नु र शिक्षा क्षेत्रमा विकास गर्न विद्यालयमा विषयगत शिक्षक हुनु पर्ने सुझाव दिएका थिए ।
डाकनेश्वरी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०|८१ मा गरिएको आयव्यय 
आ.व. २०८०\८१ मा आन्तरिक आय रु१ करोड ५७ लाख अनुमान रहेको थियो । नेपाल सरकारबाट ससर्त रु. २५ करोड १८ लाख वित्तीय समानीकरण तर्फ रु. १२ करोड ७५ लाख, राजश्व बाँडफाँड वाट १० करोड ५८ लाख २१ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण रु. ९८ ९४ लाख २० हजार, प्रदेश सरकार विशेष अनुदान वाट ३० लाख, प्रदेश सरकार समपूरक अनुदान बाट २० लाख, सामाजिक सुरक्षा बाट २० करोड गत वर्षको नगद मौज्दात ९ करोड ५० लाख र अन्य आम्दानी सहित कुल बजेट अनुमान ८३ करोड ४ लाख २५ हजार रहेको थियो । यस चालु वर्षको हाल सम्मको अवधिमा नगरसभाले स्वीकृत गरेको कार्यक्रमबाट असार मसान्त सम्म चालु तर्फ विनियोजित बजेट रकम रु ४५ करोड ५५ लाख २१ हजार ३ सय ५१ पैसा २८ बाट खर्च रकम रु २९ करोड ७१ लाख २९ हजार ४६ पैसा ११ खर्च प्रतिशत ६५.२३पुँजीगत तर्फ विनियोजित रकम १८ करोड ८४ लाख ५ हजार २ सय १५ बाट खर्च रकम रु ११ करोड १६ लाख ८९ हजार २ सय ४९ खर्च प्रतिशत ३९.२९ भौतिक तथा वित्तिय प्रगति हासिल भएको थियो । उल्लेखित खर्च प्रतिशत हामीले अपेक्षा गरेको भन्दा निकै कम हो आगामी दिनमा समयमै कार्यको थालनी गरी अपेक्षित लक्ष्य हासिल गर्ने उल्लेख छ  ।
आ.व. २०८१\८२ को विषयगत क्षेत्र तथा कुल आय र व्यय को अनुमानित बिनियोजन 
आगामी आ.व. २०८१।८२ को लागि आय निर्धारण गर्दा कुल आन्तरिक आय वाट रु १ करोड ५९ लाख अनुमान गरिएको छ । त्यसै गरी नेपाल सरकारबाट प्राप्त हुने सङ्घीय वित्तिय समानीकरण अनुदानबाट १२ करोड ७९ लाख, सर्शत अनुदानबाट रु ३४ करोड ३० लाख ६ हजार, राजश्व बाँडफाँड बाट ११ करोड २३ लाख, विशेषबाट ४ करोड ५० लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण रु.९३ लाख ७५ हजार र सवारी कर बाँडफाँडबाट रु. ६० लाख, प्रदेश सरकार विशेष अनुदान बाट ३० लाख, प्रदेश सरकार समपूरक अनुदान बाट २० लाख र प्रदेश सशर्तबाट ९५ लाख र अल्या रकम र सामाजिक सुरक्षा रकम २२ करोड अनुमानित जम्मा गरी कुल आम्दानी ८९ करोड ९९ लाख ८१ हजार अनुमान गरिएको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार