मुख्य समाचार
प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग |

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकारबाट यादव र उमासिंह वातावरणिय पुरस्कारबाट अर्चना सम्मानित

Kanchan24 313+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

राजविराज । नेपाल पत्रकार महासङ्घ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अरुण कुमार यादवलाई र उमासिंह वातावरणिय पुरस्कारबाट अर्चना दर्जीलाई प्रदान गरिएको छ  ।  

सप्तर लाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका यादवलाई नगद ५ हजार पाँच सहित यो पुरस्कार प्रदान गरिएको हो। ३१ औं लोकेन्द्र कुमार स्मृति दिवसको अवसरमा बुधवार २९ औं लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार  उच्च अदालत राजविराज जनकपूर इजलासका मुख्य न्यायधिस बामदेव ज्ञवालीले ले प्रकार यादवलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गर्नुभएको छ। यो पुरस्कार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको महत्वपूर्ण पुरस्कार हो।

सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका २ सकरदही घर भएका महासङ्घ सप्तरी शाखाका कार्य समिती सदस्य तथा  राष्ट्रिय समाचार समितिको सप्तरी सम्बाददाताका रूपमा कार्यरत छन ।  

सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको ०५० सालमा हत्या भएपछि उनकै स्मृतिमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो। बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज साप्ताहिक सहसम्पादक थिए। 

राजविराजस्थित समाज कल्याण केन्द्रमा बसी एसएलसीको पढाइ पूरा गरेका बुढाथोकीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो।

यसैगरी यस्तै आजको वातावरण पत्रिकाले प्रत्येक वर्षको प्रदान गर्दै आएको उमासिंह वातावरणिय पुरस्कारबाट आजै सप्तरीको शप्तकोशी नगरपालिका  बलाईहबाट पत्रकारिता गर्दै आएकी अर्चना दर्जीलाई प्रदान गरिएको छ  ।  

उनलाई पत्रिकाको प्रकाशक बैद्यनाथ झाले सम्मान पत्र सहित नगद रु एक हजार १०५  प्रदान गरेर सम्मान गरेको हो ।पुरस्कारको घोषणा पुरस्कार छनौट समिताका संयोजक मुरली प्रसाद यादवले गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार तथा लोकेन्द्र बुढाथोकीको सहकर्मी मनोहर पोखरेलले उनको जिवनी माथि प्रकाश पार्नु भएको थियो ।

नेपाल पत्रकार महासंघको अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य द्वय राजु विश्वकर्मा,ललिता साह,नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष धिरेन्द्र साह,विष्णु कुमार मण्डल,मुरली प्रसाद यादव,वैद्यनाथ झा, प्रेस युनियनका अध्यक्ष विनयलाल कर्ण , प्रेस मञ्चका अध्यक्ष भुषण सिँह,प्रेस समाजवादी संगठनका अध्यक्ष अनिल पोखरेल, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादव ,वरिष्ठ पत्रकार अनिल अनल लगायतले आआफ्ना धारणा राखेका थिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार