कञ्चनरूप । सप्तरीको कञ्चनरूप –६, घोगनपुर, आइतबार दिउँसो चन्द्र नहरको छेउमा भीड थियो। कसैले चिच्याएर भने, “त्यो हो…त्यो नहर भित्र पसेको त शत्रुधन सरदार नै हो !
सत्रुधनलाई गाउँलेहरू चिन्दथे । उसले बेलाबेलामा मादक पदार्थ सेवन गर्थ्यो र त्यसपछि नहर वा खोलामा गएर नुहाउने बानी थियो। त्यही बानी आइतबार उसकै ज्यानको कारण बन्यो।
स्थानीय युवाहरूले खोजतलास सुरु गरे। पानीको वेगसँगै तैरिरहेको शरीरलाई निकाल्दा सबैको मन भारी भयो। मृत्युको यथार्थ नजिक देख्दा गाउँ शोकाकुल बन्यो।
समाचार सुनेर वडाध्यक्ष बच्चुलाल चौधरी पनि त्यहाँ पुगे। उनले तुरुन्तै नहरको पानी बन्द गराउन आदेश दिए, ताकि खोजी कार्य सहज होस्। अन्ततः शत्रुधन मृत अवस्थामा बाहिर निकालिए।
प्रहरी आए, कानुनी प्रक्रिया पूरा गर्यो र शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ पठाइयो।
गाउँमा भने सन्नाटा छायो— मदिराले वशमा पारिएको एउटा जीवन चन्द्र नहरमै हरायो।
चन्द्र नहरमै अन्तिम डुब्की मदिराले बिथोलिएको जीवन, नहरमै अन्त्य
८ भाद्र २०८२, आइतबार