मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

इटहरीको जेवी विद्या सदनले ल्यायो एसइईमा उत्कृष्ट नतिजा, १० जनाको ए प्सल

Kanchan24 1+ समाचार ( )
२७ आषाढ २०८०, बुधवार

सुनसरी । इटहरीस्थित जयन्ती विन्धवासिनी विद्या सदन माध्यमिक विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यार्थी र अभिभावक माझ जेवी विद्या सदनको नामले परिचित यस विद्यालयबाट एसइई परीक्षा दिएका २५ जना विद्यार्थी मध्ये १० जनाले ए प्सल अर्थात ३.६ भन्दा बढी जीपीए ल्याउन सफल भएका छन् । यस्तै विद्यालयका ११ जना विद्यार्थीले ए गेड अर्थात ३.२ र  ३.६ बीचको जीपीए ल्याएका छन् भने ३ जनाले वी प्लस र १ जनाले वी ग्रेड ल्याएका छन् । 

 इटहरी ८ पूर्वी गैसारमा रहेको यस विद्यालयमा नयाँ व्यवस्थापन आएपछि भौतिक संरचनादेखि पठनपाठनको गुणस्तरमा समेत ध्यान दिन थालिएकाले एसइई परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन थालेको छ । २०६२ सालमा स्थापना भएको जेवी विद्या सदन माध्यमिक विद्यालयले २०७२ सालदेखि एसइई परीक्षामा विद्यार्थीहरुलाई सामेल गराउन थालेको हो ।

विद्यालयमा प्लेग्रुपदेखि कक्षा १० सम्म गरि ४ सय विद्यार्थी अध्ययनरत छन् । लामो समयदेखि शिक्षण क्षेत्रमा आवद्ध भएका व्यक्तिहरु नै विद्यालयको सञ्चालकको रुपमा आएकाले पछिल्लो समय यस विद्यालयमा विद्यार्थीहरुको आकर्षण समेत बढ्दो छ । 

विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यका साथ हरेक कक्षामा २५ जना मात्र विद्यार्थी राखेर पठन पाठन गराउने गरेको प्रिन्सिपल मनिस राईले जानकारी दिनभुयो । जसका कारण पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नजिता ल्याउँदै आएका छन् ।

विद्यालयले पढाइका अतिरिक्त कराँते, नृत्य, संगीत र चीत्रकलाका कक्षाहरु सञ्चालन गर्दै आएको छ भने कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गर्ने गरेको छ । अन्य विद्यालयको तुलनामा कम शुल्कमा उच्च गुणस्तरको शिक्षा दिने उद्देश्यका साथ विद्यालयले शैक्षिक गतिविधि सञ्चालन गरिरहेको विद्यालयका अध्यक्ष नवीन खड्काले जानकारी दिनुभयो ।    

प्रतिक्रिया

Parbat sha २८ आषाढ २०८०, बिहीबार

राम्रो छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार