मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप

Ambika Dahal 18+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

काठमाडौँ नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।
शनिवार सम्पन्न केन्द्रिय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका हुन ।
उनले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताएमा थिए । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिइ अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रिय कमिटीले गरेको बताए  । मुलुकमा रोजगारीको अवसर नरहंदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताउनु भयो । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दा समम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निष्कर्ष पार्टीको रहेको बताए ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारी राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिए अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ । मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दा समम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन । राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछ ।’
पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक गरिएको छ । 
गत शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले समसामयिक प्रस्तावहरू वाचन गरेका हुन ।   
फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरू विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो । 
बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिस्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार