मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

सप्तरीमा एमालेको निरन्तर प्रदर्शन, ‘शान्तिपूर्ण माग नसुने थप कडा आन्दोलन’ चेतावनी

Kanchan24 312+ समाचार ( )
१५ चैत्र २०८२, आइतबार

राजविराज । पूर्वप्रधानमन्त्री तथा नेकपा -एमाले_ अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सप्तरीको सदरमुकाम राजविराज आइतबार पनि राजनीतिक रूपमा तातेको छ। एमालेले दोस्रो दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिँदै, ओलीको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिएको छ।

एमाले नेता–कार्यकर्ता तथा समर्थकहरूले ओलीको निशर्त रिहाइ, गृहमन्त्री सुदन गुरुङको राजीनामा, तथा सरकारले “पूर्वाग्रहपूर्ण कारबाही” रोक्नुपर्ने माग राख्दै नगरका विभिन्न भागमा प्रदर्शन गरेका हुन्।

राजविराजमा आइतबारको प्रदर्शनले केवल एउटा पार्टीगत विरोध मात्र होइन, ओली पक्राउसँगै देशभर चर्किँदै गएको राजनीतिक ध्रुवीकरणको स्थानीय प्रतिबिम्ब समेत देखाएको छ।

प्रदर्शनकारीहरूले “लोकतन्त्रको हत्या बन्द गर”, “राजनीतिक पूर्वाग्रह त्याग” जस्ता नारासहित नगर परिक्रमा गर्दै अन्ततः नेता चौक पुगेर कोणसभा गरेका थिए। कोणसभामा वक्ताहरूले ओलीमाथिको कारबाहीलाई अलोकतान्त्रिक, पूर्वाग्रही र गैरकानुनी भएको आरोप लगाउँदै सरकारमाथि प्रत्यक्ष प्रहार गरे।

उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारलाई लक्षित गर्दै, राजनीतिक असहमति दबाउन राज्य संयन्त्र प्रयोग गरिएको दाबी गरेका छन्।

एमालेले यसअघि पनि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइसकेको छ। जिल्ला तहमा सुरू भएको यो असन्तोष अब संगठित दबाब र चरणबद्ध आन्दोलन को संकेतका रूपमा हेरिएको छ।

सप्तरीको कञ्चनपुर क्षेत्रमा शनिबार भएको प्रदर्शनले आन्दोलनको स्वर अझ आक्रामक बन्न सक्ने संकेत दिएको थियो। त्यहाँ एमाले कार्यकर्ताहरूले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर विरोध जनाएपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो।

स्थानीय प्रशासनले आन्दोलन थप उग्र हुनसक्ने आकलन गर्दै राजविराज, कञ्चनपुरलगायत संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। नेपाल प्रहरीले सम्भावित अप्रिय घटना रोक्न अतिरिक्त सतर्कता अपनाइएको जानकारी दिएको छ।

शुक्रबार राति एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको थियो। त्यसकै निरन्तरता स्वरूप सप्तरीमा पनि आन्दोलन जारी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार