मुख्य समाचार
प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग |

सिटिजन्स बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण

Kanchan24 313+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

कञ्चनरूप। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तरीको कञ्चनरूप वडा नं. १ को लक्ष्मीनारायण माध्यमिक विद्यालय बैरवा विद्यार्थीहरूलाई स्कुल ब्याग उपलब्ध गराएको छ । 
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने हेतुले बैंकले लक्ष्मीनारायण माध्यमिक विद्यालय बैरवामा अध्ययनरत एक देखि ६ कक्षा सम्मका ७५ जना दलित र जेहेन्ददार बालबालिकाहरूलाई  ब्याग वितरण गरेको जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत प्राथमिकतालाई छनौट गरेर सहयोग गर्ने गरको कञ्चनपुर शाखा प्रमुख शंकर कुमार साहले बताए । 
विद्यालयमा सोमबार आयोजित एक समारोहका बीच सिटिजन्स बैंकका मधेस प्रदेश प्रमुख नितेश कुमार खड्गीले सहयोग स्वरुप विद्यार्थीहरूलाई सामाग्रीहरू हस्तान्तरण गर्दै मधेस प्रदेश प्रमुख खड्गीले विद्यार्थीहरू देशको भविष्यका कर्णधार भएका र उनीहरूलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको कुरा व्यक्त गरे । 
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

शाखाद्वारा आयोजित ब्याग वितरण कार्यक्रममा सिटिजन्स बैंकका इलाका प्रमुख प्रकाश नेपाल , रिलेसन मेनेजर, जीव नारायण यादव , सहायक शाखा प्रमुख रजनिश कुमार यादव, अप्रेसन मेनेजर मो. समीर, वडा नम्बर –१ का अध्यक्ष रबान खान, प्रधानाध्यापक चन्देश्वर मण्डल ,शिक्षक , शिक्षितहरू तथा तथा  बैक कर्मचारीहरूको सहभागिता रहेको थियो । 
कञ्चनपुर शाखा गत वर्ष राष्ट्रिय भगवती प्राथमिक विद्यालय कञ्चनरूप नगरपालिका ५ का पथरीका बालबालिकाहरूलाई यसै गरी ७५ थान ब्याग वितरण गरेको थियो  । 
सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क वर्गको वाणिज्य बैँक हो । यसको स्थापना वि.सं २०६४ मा भएको थियो । यसको केन्द्रीय कार्यालय नारायणहिटी पथ काठमाडौँमा अवस्थित रहेको छ । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना शाखाहरूबाट  सेवा प्रदान गदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार