मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

सप्तरी जिल्ला अदालतमा सुरक्षा कडा परिचयपत्रबिना प्रवेश नपाइने

Kanchan24 312+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

राजविराज । अदालत परिसरमा अनावश्यक भिडभाड, मुद्दासँग असम्बन्धित व्यक्तिहरूको प्रवेश तथा चोरीजस्ता घटनाको जोखिम बढ्दै गएपछि सप्तरी जिल्ला अदालत ले सुरक्षा व्यवस्था कडा बनाउँदै नयाँ प्रवेश निर्देश जारी गरेको छ।

अदालत प्रशासनले जारी गरेको सूचनाअनुसार चैत्र १२ गतेदेखि अदालत परिसरमा प्रवेश गर्न चाहने सबै व्यक्तिले अनिवार्य रूपमा आफ्नो परिचयपत्र वा सम्बन्धित कागजात साथमा ल्याउनुपर्नेछ। अदालतले प्रवेश प्रक्रिया थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।

अदालतका अनुसार पछिल्ला केही दिनयता मुद्दासँग प्रत्यक्ष सम्बन्ध नरहेका व्यक्तिहरूको अनावश्यक आवतजावत बढ्नुका साथै अदालत परिसरमा भीडभाड बढेको पाइएको छ। यसले अदालतको शान्त, संवेदनशील र सुरक्षित वातावरणमा असर पार्नुका साथै चोरीजस्ता अवाञ्छित घटनाको जोखिम पनि बढाएको प्रशासनको ठहर छ।

अदालतले अबदेखि तोकिएको प्रवेशद्वारबाट मात्र प्रवेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अदालत प्रशासनले न्याय खोज्न आउने पक्ष, कानुन व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित व्यक्तिहरूलाई आफ्नो परिचय खुल्ने कागजात, मुद्दासम्बन्धी कागजपत्र वा आवश्यक प्रमाण साथमा राख्न आग्रह गरेको छ।

अदालत परिसर न्याय सम्पादन हुने संवेदनशील क्षेत्र भएकाले अनुशासन, गोपनीयता, सुरक्षा र आवतजावतको नियन्त्रण अत्यन्त आवश्यक हुने प्रशासनको भनाइ छ। अदालतले सुरक्षा मापदण्ड कडा बनाएसँगै अब परिसरभित्र अनावश्यक भीड, फजुल बसाइ, शंकास्पद गतिविधि र असम्बन्धित प्रवेशलाई निरुत्साहित गरिने जनाएको छ।

अदालत स्रोतका अनुसार, “अदालतमा सेवा लिन आउने वास्तविक सेवाग्राहीलाई सहजता दिने र असम्बन्धित व्यक्तिको अनावश्यक प्रवेश रोक्ने उद्देश्यले यो व्यवस्था गरिएको हो। सुरक्षा संवेदनशीलता बढेका बेला अदालत परिसरलाई थप व्यवस्थित बनाउनु आवश्यक थियो।”

स्थानीय कानुन व्यवसायीहरूका अनुसार अदालत परिसरमा पछिल्ला दिनहरूमा सुरक्षा निगरानी, अभिलेखको संरक्षण, सेवाग्राहीको सुरक्षाभावना तथा न्यायिक वातावरणको मर्यादा जोगाउन यस्तो कदम आवश्यक भइसकेको थियो। उनीहरूका अनुसार परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाले अनुशासन कायम गर्नुका साथै चोरी तथा अव्यवस्था नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अदालत प्रशासनले सबै नागरिक, कानुन व्यवसायी, पक्षकार, कर्मचारी तथा सेवाग्राहीलाई जारी गरिएको सुरक्षा निर्देशनको पूर्ण पालना गर्न विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार